बिस्व नारी दिवस २०२१ को उपलक्ष्यमा मिती २०७७ फाल्गुन २४ तदानुसार ०८ मार्च , २०२१ सोमबार का दिन बीरगंज जेसीज वर्ष २०२१ को शाखा अध्यक्ष जेसी रंजन राउत ज्यु को सभापतीत्व मा " स्त्री रोग एंव प्रसुतिशास्त्र अभिमुखीकरण कार्यक्रम " बीरगंज पब्लिक कलेज, बीरगंज को सभाहल मा सम्पन भयो . आजको यस स्त्री रोग एंव प्रसुतिशास्त्र अभिमुखीकरण कार्यक्रम को गेस्ट स्पीकर डा. जगत दीप ज्यु रहनु भएको थियो भने प्रमुख अतिथी बीरगंज जेसीज को पुर्ब अध्यक्ष तथा नेपाल जेसीज को पुर्ब राष्ट्रिय अध्यक्ष तथा बीरगंज जेसीज वर्ष २०२१ को प्रमुख अध्यक्ष सल्लाहकार सीनेटर प्रो. डा. दीपक शाक्य ज्यु रहनु भएको थियो .
आजको यस स्त्री रोग एंव प्रसुतिशास्त्र अभिमुखीकरण कार्यक्रम मा बीरगंज जेसीज वर्ष २०२१ को कार्यसमिति को पधादिकारी ज्युहरु, सदस्यज्युहरु, बीरगंज जेसीज को पुर्ब अध्यक्षज्यु हरु लगायत बीरगंज पब्लिक कलेज को बिधार्थीज्युहरु को सहभागिता रहेको थियो .
आजको कार्यक्रम मा बीरगंज जेसीज को महिला सदस्यज्युहरु लगायत बीरगंज जेसीज को पुर्ब अध्यक्ष जेसी मधु रानाज्यु तथा जेसी उषा शाहज्यु हरु लाई बीरगंज जेसीज वर्ष २०२१ को शाखा अध्यक्ष जेसी रंजन राउत ज्यु द्वारा सम्मान गरियो .