पोखरा लेडि जेसिजको भोजन खुवाउने कार्यक्रम

2021-01-27

मिती २०७७।१०।१४ गते बुधबारका दिन पोखरा लेडि जेसिजको आयोजना मा , केदारेश्वरमणी माआश्रित बटुकहरु ,पुजारी तथा आश्रममा आश्रित अन्य बेक्तिहरु लाई भोजन खुवाने कार्य सम्पन्न भएको छ ।उक्त कार्यक्रमको सभाअध्यक्षता पोखरा लेडी जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा कँडेल (बिनिता ) रहनु भएको थियो भने, उक्त कार्यक्रममा प्रमुख अतिथि केदारेश्वरमणी मन्दिर आश्रम पिठाधिश डा. लेखनाथ आचार्य ज्यू, अथिति विश्व हिन्दु महासंघ नेपाल माहानगर समितीअध्यक्ष श्री सबिनाअधिकारी क्षेत्री ज्यु,अतिथी विश्व हिन्दु महासंघ पोखरा नगर समितिका वरिष्ठ उपाध्यक्ष युवराज श्रेष्ठ ज्यू, विश्व हिन्दू महासंघ का सचिव तथा पोखरा जेसीज का पुर्व अध्यक्ष श्री शिव प्रसाद कोइराला ज्यु र पोखरा लेडी जेसीजको निवर्तमान अध्यक्ष जेसि शोभा भुजेल ज्यु,पुर्व अध्यक्ष जेसि सन्तु पौडेल ज्यू, पूर्व अध्यक्ष जेसि सपना गिरी ज्यू , लेडी जेसीजका पदाधिकारीहरु तथा सदस्यहरु को उपस्थिति रहेको थियो । कार्यक्रमको समुद्घधाटन सोस्तीक पाठ गरि भएको थियो, आस्था पाठ जेसी शकुन्तला पौडेलले,स्वागत मन्तव्य जेसि सरू पनेरुले र शुभकामना मन्तव्य विश्व हिन्दू महासंघ का बरिष्ठ उपाध्यक्ष युवराज श्रेष्ठ ज्यू, पुर्व अध्यक्ष जेसि सन्तु पौडेल ज्यू ले राख्नु भएको थियो।उक्त कार्यक्रम पोखरा लेडी जेसीज का सचिव सुमित्रा कोइराला ज्यूको बैहिबाहिक वर्ष गाँठकोअवसरमा भोजन खुवाउने कार्यक्रमलाई सहकार्य गर्नु भएको थियो । प्रमुख अतिथि डा लेखनाथ आचार्य ज्यूले धर्म सस्कृती र मानबताकाे सेवा मा यस्तो पुण्य कार्यमा सहयोग गर्ने पोखरा लेडी जेसीज ,परिबार लाई धन्यबाद दिनुु भएको थियो भने उक्त कार्यक्रममा नेपाल जेसीज ले अवलम्बन गर्ने दिगो विकास का कार्य मध्य गोल न 2 No Hunger अन्तर्गत भोजन खुवाउने कार्यक्रम मा करिब १००जनालाई खाना खुवाने कार्य सम्पन्न भएको थियो। कार्यक्रम को संचालन पोखरा लेडी जेसीज का सचिव जेसी सुमित्रा कोइराला ज्यू ले गर्नु भएको थियो।

JCI News Archive