वालिङ जेसीजद्वारा बाेटविरूवा गाेडमेल कार्यक्रम सम्पन्न

2024-04-27

https://www.facebook.com/share/p/ngVed1q5JgDC3a9b/?mibextid=oFDknk

१५ बैशाख २०८१

 वालिङ ,स्याङ्जा ।

वालिङ जेसीजले #RiseWithJCI दीर्घकालीन प्रकरणलाई  लाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्य नं११ - दिगो शहर र समुदायमा आधारित रहेर पहिलो चरणमा बाेटविरूवा गाेडमेल कार्यक्रम सम्पन्न गरेको छ। शितलनगर वालिङकाे सडकखण्डमा विभिन्न संघ संस्थाहरू द्वारा वृक्षारोपण गरिएका बाेटविरूवाहरूलाई संरक्षण गर्नु  सबैकाे दायित्व  सम्झेर वालिङ जेसीजले गाेडमेल एवं  विरूवामा पानी राख्ने कार्यक्रम गरेको वालिङ जेसीजका अध्यक्ष जेसी यज्ञ पुरूष रिजालले बताउनुभयो ।


युवाकाे व्यक्तित्व र नेतृत्व विकासमा सदैव अग्रणी संस्था वालिङ जेसीजले युवालक्षित तालिम / बैठक संगै याे वर्ष २०२४ मा " सफलताको लागि एकता "प्रकरणमा  रहेर दिप-प्रज्वलन, नारी सम्मान कार्यक्रम , क्यालेन्डर प्रकाशन/विमाेचन, वनभाेज र जेसीज चिनारी जस्ता समुदाय लक्षित विविध कार्यक्रमहरू गर्दै आइरहेको छ।


JCI News Archive