२०७८/०४/२६ गते मंगलबार
कपिलवस्तु जेसीजद्वारा जेसीज सप्ताहको दोस्रो दिन जिल्लाको तौलिहवामा अवस्थित कपिलबस्तु बाल गृहलाइ खेलकुद सामग्रीहरु हस्तान्तरण गरिएको छ। बाल गृहका भाइहरु को लागि खेलकुद सामग्री हस्तान्तरण गर्दै कपिलवस्तु जेसीज वर्ष २०२१ का अध्यक्ष भिमकान्त भट्टराईले जेसीजका क्षेत्रहरु र समाज रुपान्तरणका लागि जेसिजले गरेका विभिन्न कार्यहरु बारेमा जानकारी गराउदै भर्खर प्रकाशित एसईईको नतिजामा उतिर्ण भएका बाल गृहका भाइहरुलाइ शुभकामना दिनुभएको थियो। दोर्ण बहादुर जिसीले जेसीज आस्था पाठ गर्नु भएको कार्यक्रममा कपिलबस्तु बाल गृहका कार्यालय प्रमुख राम प्रसाद अर्यालले जेसीज जस्तै विभिन्न संघ सस्थाहरुको सहयोगबाट धेरै हौसला मिलेको साथै देश विदेशमा रहनु भएका बाल गृहका भुतपुर्ब बिद्यार्थीहरुले पनि विभिन्न समयमा सहयोग गर्दै आउनु भएको र हाल बाल गृहमा २७ जना बालकहरु आवासीय रुपमा रहेको जानकारी गराउनु भयो। कपिलवस्तु जेसीजका महासचिव अमृत घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा मदन पौडेल , सन्तोष पाण्डे , जियावुल हक मनियार लगाएत का जेसीज सदस्यहरुको उपस्थिति रहेको थियो ।