सन २००७ बाट शुरु भएको म्याग्दि जेसिज,पर्वत जेसिज र बाग्लुङ जेसिज का बिच को बहुशाखा तालिम तथा फेलोशिप कार्यक्रम यो बर्ष म्याग्दि जेसिज को आयोजना मा आज मिति २०८० चैत्र १० गते बेनि नगरपालिका-४,सिङ्गा अवस्थित हरियालि ग्रुप को सभाहल मा सप्पन्न भएको छ!३ वटा शाखा बाट करिब ५० जना सदस्य हरु तालिम मा सहभागी थिए! बाग्लुङ जेसिज का निवर्तमान अध्यक्ष तथा नेपाल जेसिज का राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठ को प्रमुख आतिथ्यता,म्याग्दि जेसिज का संस्थापक अध्यक्ष तथा बेनि नगरपालिका-७, का वडा अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठ र म्याग्दि जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेष्ठ को बिशिष्ट आतिथ्यता,म्याग्दि जेसिज का महासचिव जेसि सज्जन श्रेष्ठ को स्वागत मन्तव्य रहेको कार्यक्रम को संचालन कार्यक्रम संयोजक तथा म्याग्दि जेसिज का कार्यकारीणि उपाध्यक्ष जेसि कृष्ण प्रसाद पौडेल ले गरेका थिए |
तालिम मा पोखरा जेसिज का पुर्व अध्यक्ष सिनेटर किरण केसि ले "Project Management" बिषयमा प्रमुख प्रक्षिक को भुमिका निभाएका थिए! प्रमुख अथिति र विशिष्ट अतिथि द्वय ले म्याग्दि जेसिज ले अलि फरक बिषयमा तालिम संचालन गरेर यस्तो तालिम ले बोल्ने मात्र होइन कि जेसिज सदस्य हरु लाई केहि ब्यबहारिक बिषयमा लेखन शैलि को समेत क्षमता बिकास गराउने बताएका थिए! म्याग्दि जेसिजका शाखा अध्यक्ष जेसि दिनेश बानियाँले तालिम बाट जेसिज ले संचालन गर्ने कार्यक्रम हरु मा प्रस्तावना लेखन र प्रतिबेदन लेखन मा क्षमता बिकास हुने र संस्था ले अन्य संस्था हरु सँग सहकार्य गरि कार्यक्रम गर्न सजिलो हुने बताए|