‘Interaction & Fund Donation Program with Dr. Mahabir Pun प्रमुख राष्ट्रिय आविष्कार केन्द्र

2025-08-29

२०८२ साल असार १६ गते सोमबारका दिन दमक जेसीजको आयोजनामा ‘Interaction & Fund Donation Program with Dr. Mahabir Pun’ कार्यक्रम दमक-८ स्थित दमक जेसीजको सचिवालयमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा.महाबीर पुनज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशिष्ट अतिथि दमक जेसीजका संस्थापक सदस्य तथा पूर्ब अध्यक्ष आदरणीय पदम कोईरालाज्यू , अतिथिहरू नेपाल रेडक्रस सोसाइटी, उपशाखा दमकका सभापति आदरणीय प्रकाश बुढाथोकीज्यू, दमक जेसीजका पूर्ब अध्यक्षहरू जेसी कमल कटुवालज्यू, जेसी चन्द्र खत्रीज्यू, जेसी भागवत बुढाथोकीज्यू, जेसी लोकबहादुर अधिकारीज्यू, जेसी गोविन्दराज कट्टेलज्यू, जेसी सन्जिब बरालज्यू साथै सिनेटर मैना दाहालज्यू , सिनेटर सीता कार्कीज्यू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनज्यूसँग अन्तरक्रिया तथा डा. पुनद्वारा लिखित आफ्नै जीवनीमा आधारित ३३ वटाभन्दा धेरै पुस्तकहरू खरिद गरियो, जसबाट बिरगन्ज कृषि औजार कम्पनी पुन सन्चालनका निम्ति कोष संकलन अभियानमा थप सहयोग हुने बिश्वास गरिएको छ। कार्यक्रम दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रुबल अधिकारीको संयोजकत्वमा भएको थियो भने जनसम्पर्क अधिकारी जेसी बिशाल अधिकारीले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो । कार्यक्रममा सहभागी भई समर्थन र प्रेरणा प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।


     




जेसी राजेन्द्र बिमली

महासचिब,दमक जेसीज

JCI News Archive