आज मिति २०७८ फाल्गुन १४ गते तदनुसार २६ फेब्रुअरी २०२२ का दिन गैंडाकोट नवलपुरमा रहेको नारायणी नदि मा भएको फोहर ब्यवस्थापन को लागि गैंडाकोट जेसीज र सहमति गैंडाकोट को सहकार्यमा नदि सरसफाई कार्यक्रम एक अभियानको रुपमा आयोजना सुरुवात गरियो । घर घर सफा भए टोल सफा, टोल टोल सफा भए नगर सफा, नगर नगर सफा भए जिल्ला सफा र जिल्ला जिल्ला सफा भए पुरा देश सफा र सुन्दर बन्नेछ भन्ने उद्देश्य ले एक सकारात्मक सोचका साथमा सबैमा फ़ोहोर ब्यवस्थापन को प्रभाव परोस् भन्ने सोचका साथमा गैंडाकोट जेसीजले विभिन्न सस्था संगको समन्वय र सहकार्यमा कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो । आगामी दिनमा यो कार्यक्रमलाई अभियानको रुपमा लिएर अघि बढन सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दछौ ।