सतासीधाम जेसीजद्वारा सप्ताह समापन तथा अर्धबार्षिक साधारणसभा सप्पन्न ।

2022-08-30

सतासीधाम जेसीजद्वारा आयोजना गरिएको जेसीज सप्ताह -२०२२ अन्तर्गतको सातौ कार्यक्रम, "जेसीज सप्ताह समापन तथा अर्धवार्षिक साधारण सभा कार्यक्रम ", क्षेत्र क निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी दिपेन्द्र निरौला ज्युको प्रमुख आतिथ्य तथा क्षेत्र क निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी राजिव प्रसाईं ज्यु विशिष्ट आतिथ्यमा इलाम जिल्लाको श्री अन्तुमा सप्पन्न भएको छ।
  सतासीधाम जेसीज वर्ष २०२२का अध्यक्ष जेसी अर्जुन भट्टराईले जेसीज सप्ताह अन्तर्गत रहेका सात वाटै कार्यक्रम सफल रुपमा सम्पन्न गराउनु हुने कार्यक्रम संयोजक ज्युहरु, सहआयोजकको भुमिका निर्वाह गर्नु हुने विभिन्न संघ सस्था,वाड समितिको कार्यलय, सतासीधाम जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०२२ का पदाधिकारी एवम सदस्यहरु लगायत प्रत्येक कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्ण अतिथि गणहरु प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन।
 २८अगस्ट, २०२२(१२भाद्र २०७९, सनिबार )

JCI News Archive