रत्ननगर जेसीज संचालक समितिको चौथो बोर्ड बैठक मिति २०८१ बैशाख १२ गते तदनुसार 24 अप्रिल २०२४ का दिन रत्ननगर जेसीजको सचिवालय भवनमा सम्पन्न भएको छ।रत्ननगर जेसीज संचालक समितिका अध्यक्ष जेसी नरहरि पुरीको अध्यक्षतामा सम्पन्न भएको चौथो बोर्ड बैठकमा रत्ननगर जेसीजको बोर्ड अफ ट्रस्टीका संयोजक सुन्दरलाल श्रेष्ठ,पुर्व अध्यक्ष सुवास पोख्रेलको उपस्थिति रहेकोे थियो।बैठकले बैशाख १९ गतेदेखि रत्नननगर जेसीजको जेसीज सप्ताह संचालन गर्ने तथा रत्ननगर जेसीजको गौरवको परियोजना RATNABIZ SUMMIT 1.0 कार्यक्रम सफल बनाउने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ।