8th installation and award distribution ceremony of JCI CHARALI

2022-01-31


चारआली जेसीजको आठौँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

चारआली जेसीज वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष जेसिअाई सिनेटर लालमणी भण्डारी रहनुभएकाे थियाे ।

पद हस्तान्तरण समारोहमा जेसीजले विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । त्यस्तै जेसिज अफ द इअर महासचिव विरबहादुर बेघा, उत्कृष्ट कोडिनेटर विवेक सुन्दास र बेष्ट लोम अफिसर अवार्डबाट भुपेन्द्र प्याकुरेललाई सम्मानित गरिएको छ ।

सो अवसरमा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तम पकुवालले आफना हजुरबुबा तिर्थराज पकुवालको सम्झनामा स्थापित अक्षय कोषबाट बाल सुबोधनी माध्यमिक विद्यालय ढुहागढीका प्रधानाध्यापक विश्व थापालाई नगदसहित सम्मानित गरिएको थियो ।

त्यसैगरी चारआली जेसिज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाले स्थापना गरेको विष्णुलाल मन्दना अक्षय कोष सहयोग क्यान्सर पिडीत राजकुमार विश्वकर्मालाई प्रदान गरिएको छ ।

उक्त अवसरमा वर्ष २०२२ को लागि विरबहादुर बेघाको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ ।

बेघाले महासचिवमा सुजुप सुवेदी, कोषाध्यक्षमा कुमार तामाङ, कानुनी सल्लाहकारमा संगित शिवाकोटी, जनसम्पर्क अधिकारीमा सञ्जय निरौला, सह-कोषाध्यक्षमा सन्देश न्यौपाने, सचिवमा शिक्षा घिमिरे र तालिम निर्देशकमा भुपेन्द्र प्याकुरेललाई मनोनित गरेका छन् ।

कार्यक्रम संयोजक सुजुप सुवेदीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन २०२१ का महासचिव विरबहादुर बेघाले गरेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष भण्डारी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजीव प्रसाईं, नेपाल जेसिजका क्षेत्र ‘क’ का निरुपति राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा, चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल लगायतले आ-आफना धारणा राखेका थिए ।

JCI News Archive