डडेल्धुरा
कोरोनाको संक्रमणबाट बच्न तथा नियमित सरसफाई रहन डडेल्धुरा जेसिजले आईतबार डडेल्धुराका चार वटा स्थानीयहरुलाई ६०० परिवारलाई पुग्ने गरी सरसफाई सामग्री स्थानीय तहहरुलाई हस्तारन्तरण गरेको छ । डडेल्धुराका अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिका ६ सय परिवारलाई बिभिन्न सरसफाईका सामग्री हस्तान्तरण गरिएको जेसिज डडेल्धुरा बर्ष २०२०का अध्यक्ष बरुण पनेरुले बताउनु भयो । ‘कोरोनाबाट बचन दैनिक दर्जनौं पटक साबुन पानीले हातधुनु पर्ने भएका कारण गरिब, बिपन्न परिवारलाई बितरण गर्न सरसफाईका सामग्री हस्तान्तरण गरिएको छ ।’ उनले भने, प्रत्येक स्थानीय तहलाई १ सय ५० सेटका दर सरसफाई सामग्री बितरण गरिएको छ । चारवटै स्थानीय तहलाई बितरण गरिएको सामग्री करिब ८० हजार बराबरको रहेको जेसिज डडेल्धुराले जनाएको छ ।
पहिलो चरणमा चारवटा स्थानीय तहलाई सामग्री हस्तान्तरण गरिएपनि बाँकी स्थानीय तहलाई पनि छिट्टै सरसफाईका सामग्री हस्तान्तरण गरिने अध्यक्ष पनेरुले बताउनु भयो । आईतबार डडेल्धुरामै चारवटै स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुलाई सरसफाई सामग्रीमा साबुन, ब्रस र कोलगेट हस्तान्तरण गरिएको छ । हामीसँग आएको सामग्री गरिब अतिबिपिन्न र लगडाउनको समयमा यस्ता सामग्री खरिद गर्न नसक्ने परिवारलाई तत्कालै बितरण गरिने अमरगढी नगरपालिका नगर प्रमुख बिशेश्वर प्रसाद ओझाले बताउनु भयो ।