म्युजिक भिडियो बिमोचन र थालि नाच प्रतियोगिता सम्पन्न !

2024-09-15

    म्याग्दि जेसिज द्वारा मिति २०८१ भाद्र २९ गते शनिबार तदनुसार 14 September 2024 का दिन म्याग्दि जेसिज का सदस्य जेसि डि के पुन को संयोजन/निर्देशन र म्याग्दि जेसिज का उपाध्यक्ष जेसि गोकुल सुनार को सह-निर्देशन/सह-संयोजन मा म्याग्दि का श्रष्टा स्वर्गिए टिका बहादुर श्रेष्ठ को संगित तथा लय र गायिका मन कुमारि छन्त्याल श्रेष्ठ को सुमधुर स्वर रहेको म्याग्दि जिल्ला को पहिचान झल्काउने लोक गित "बेनि को बजार ....किरेमिरे जाले रुमाल" र गायक खड्ग गर्बुजा को म्याग्दि चिनाउने सालैजो भाका "पानी खायो बाघै ले" गित को पुन:र्निर्मित म्युजिक भिडियो को बिमोचन र सामाजिक बिकास कार्यालय म्याग्दि सँग को संयुक्त आयोजना मा अन्तर बिद्यालय स्तरिय थालि नाच प्रतियोगिता सम्पन्न गरेको छ! म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता,गण्डकि प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री माननिय सुबिन जुग्जालि को प्रमुख आतिथ्यता, गण्डकी प्रदेश सभा सदस्य तथा म्याग्दि जेसिज का पुर्व वरिष्ठ कार्यकारिणि उपाध्यक्ष माननिय हरि भण्डारि  र म्याग्दि जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसि का पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेठ द्वय को बिशिष्ट आतिथ्यता,सामाजिक बिकास कार्यलय म्याग्दि का प्रमुख रमेश थापा को स्वागत रहेको कार्यक्रम को संचालन म्याग्दि जेसिज का महासचिव सज्जन श्रेष्ठ को रहेको थियो! म्याग्दि जेसिज का सदस्य तथ्स्स पुन:र्निमित म्युजिक भिडियो का संयोजक/ निर्देशक डिके पुन ले कार्यक्रम बारे प्रकाश पारेका थिए भने म्याग्दि जेसिज का पुर्व अध्यक्ष बिनय श्रेष्ठ ले श्रष्टा हरु बारे चर्चा गरेका थिए!

        अन्तर बिद्यालय स्तरिय थालि नाच प्रतियोगिता मा बेनि आवाशिय मा.बि. बेनि ले प्रथम स्थान, माउण्ट एभरेष्ट आवाशिय मा.बि. बेनि ले द्वितीय स्थान र डर्निङ बोर्डिङ स्कुल बाबियाचौर ले तृतीय स्थान हाँसिल गरेका थिए! पुरस्कार राशि प्रथम,द्वितीय र तृतीय लाई क्रमशः रु. १५०००/- , रु. १००००/- र रु. ५०००/- रहेको थियो! थालि नाच को उद्गम स्थल म्याग्दि जिल्ला को चिमखोला हो!

JCI News Archive