धुलाबारी जेसीजको ४३ औ जन्मौत्सवको अवसर पारी धुलाबारी जेसीजले विभिन्न तिन चरणमा कार्यक्रमहरुको आयोजना गरेको छ | हरेक बर्ष ५ अप्रिलका दिन धुलाबारी जेसीजले आफ्नो जन्मोत्सव मनाउदै आएकोमा यस बर्ष पनि ५ अप्रिलको दिन धुलाबारी जेसिजले पहिलो चरण अन्तगत बिहान ८:०० बजे मेचीनगर नगरपालिका वडा नम्बर १०, धुलाबारी निवासी मिर्गौला पिडित बुद्धिमान लिम्बुको उपचार्थ नगद रु ११,१००/- उनकै घर गई आर्थिक सहयोग गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको छ | धुलाबारी जेसीजका उपाधक्ष जेसी आशिष श्राफ ज्युको सयोजकत्वमा भएको उक्त कायक्रममा धुलाबारी जेसीजका पुर्व अध्यक्ष जेसी यशु लिम्बुका साथै धुलाबारी जेसिजका अध्यक्ष जेसी रबिन्द्र पाठक, निवर्तमान अध्यक्ष राजिब प्रसाई, कार्यकारिणी उपाध्यक्ष जेसी निश्चल पौडेल, महासचिव जेसी योगेश राजबशी, जुनियर जेसीजका एरिया ए कोर्डिनेटर जु जेसी शुलभ भण्डारी लग्यातको उपस्थीती रहेको थियो |
त्यसैगरी धुलाबारी जेसीज तथा धुलाबारी जुनियर जेसीजको सयुक्त आयोजनामा दिउसो २:०० बजे देखि दोश्रो चरणको कार्यक्रमा अन्तर्गत "टिम बिल्डिंग" तालिमको आयोजना गरिएको थियो | धुलाबारी स्थीत पासांग लम्हु जेसीज स्मृति प्रतिष्ठान (टाउन हल) मा योजना गरिएको उक्त तालिम कार्यक्रम धुलाबारी जुनियर जेसीजका उपाध्यक्ष जु जेसी विवश नेउपाने कार्यक्रमा सयोजक रहेका थिए भने कार्यक्रमको अध्यक्षता धुलाबारी जेसीजका अध्यक्ष जेसी रबिन्द्र पाठक ज्युले गर्नुभएको थियो | धुलाबारी जेसिज र धुलाबारी जुनियर जेसीजाका गरि २५ जना प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रममा धुलाबारी जेसीजका महासचिव एव जेसिआई नेपाल ट्रेनर जेसी योगेश राजबशी ज्युले सहजिकरण गर्नुभएको थियो | नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी राजिब प्रसाई ज्युको प्रमुख आतिथ्यतामा गरिएको उक्त तालिम कार्यक्रमको सचालन धुलाबारी जुनियर जेसीजका महासचिव बिस्नु चिमरियाले सचालन गरेका थिए |
तेस्रो चरणमा धुलाबारी जेसिजले बेलुकीको ५:०० बजे बाट धुलाबारी स्थित होटल रोयल निर्भानको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको | उपाध्यक्ष जेसी उत्सव उप्रेती ज्युको सयोजकत्वमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा धुलाबारी जेसीजका बोर्डका पदाधिकारी, पुर्व अध्यक्ष्य, धुलाबारी जुनियर जेसिजका पदाधिकारी लगायत छिमेकी साखहरुबाट अध्यक्ष लगायत अन्य बोर्डका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो | धुलाबारी जेसीजका अध्यक्ष जेसी रबिन्द्र पाठक ज्युको अध्यक्षतामा भएको उक्त सुभकामना आदान प्रदान कार्यक्रममा नेपाल जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी कुमार सिह सावा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो | त्यसैगरी कायक्रममा मेचीनगर लेडी जेसिजकी सस्थापक अध्यक्ष जेसी कविता शर्मा, धुलाबारी जेसिजका पुर्व अध्यक्ष साथै सस्थापक महासचिव जेसी छबिलाल खतिवडा, पुर्व राष्ट्रिय अध्यक्ष जेसीअई सिनेटर अनिल भेटवाल, राष्ट्रिय उपाध्यक्ष जेसी राजिब प्रसाई लगायतले कार्यक्रममा धुलाबारी जेसीजको ४३ औ जन्मदिनको शुभकामना मन्तव्य मार्फत पेस गर्नुभएको थियो | कार्यक्रममा धुलाबारी जेसीजका अध्यक्ष ज्युले केक काट्नुका साथै ४३ औ जन्मदिवसको अवसर पारेर प्रमुख अतिथि ज्युबाट धुलाबारी जेसिजको सस्थागत वेबसाइट समेत लन्च गरिएको थियो | कार्यक्रमा धुलाबारी जेसीजका महासचिव जेसी योगेश राजबशीले गर्नुभएको थियो |