शुभकामना अादन-प्रदान तथा चियापान कार्यक्रम

2022-10-01

कार्यक्रम :-शुभकामना अादन-प्रदान तथा चियापान
मिती :-२०७९-०६-१५,शनिवार
स्थान:- हाेटल उत्सव प्लाजा
समय:- दिउसो ४बजे
 मिति २०७९ अाश्विन १५ गते तदानुसार १ अक्टोबर २०२२ शनिबारका दिन उत्तरी मकवानपुर जिल्लाको थाहा नगरपालिकामा-४ अवस्थित होटल उत्सव प्लाजामा पालुङ जेसीजले हिन्दु नेपालीहरुको महान चाड वडा दशैँ, शुभ दिपावली, छठ पर्व तथा नेपाल संवत् -२०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा पालुङ जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी जयराज खत्रीज्युको सभाध्यतामा, थाहा नगरपालिकाका नगर उपप्रमुख तथा पालुङ जेसीज वर्ष २००८ का शाखा अध्यक्ष जेसी भरत गोपालीज्युको प्रमुख अातिथ्यता र पालुङ जेसीजका धरोहर संस्थापक अध्यक्ष जेसी पुरुषोत्तम ढकालज्युको विशिष्ट अातिथ्यतामा भएको कार्यक्रममा बोर्ड्का पदाधिकारीज्युहरु साथै २०२२ का निवर्तमान अध्यक्ष जेसी नवराज लामाजयु र पुर्व अध्यक्षज्युहरु जेसी अोमकर बिष्टज्यु (२०११), जेसी सुरेन्द्रमान प्रधान (२०१०) तथा २०२२को प्रमुख अध्यक्ष सल्लाहकर, जेसी कृष्णमान श्रेष्ठ (२००७), जेसी रामप्रसाद ढकाल (२००६), जेसी सानोभाई कार्की (२००५) र प्रेस सेन्टर थाहा नगर अध्यक्ष तथा थाहा पाटिका कार्यकारी सम्पादक: शम्भु अधिकारीज्युको अातिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पालुङ जेसीज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी सञ्जय गोपालीज्युले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सामुहिक राष्ट्रिय गान, सामुहिक अास्था पाठ र वर्ष २०२२ का तालिम अायुक्त जेसी सुशान्त गोपालीज्युले जेसीज मिशन भिजन वाचन गर्नुभएको थियो भने उक्त कार्यक्रममा पालुङ जेसीज वर्ष २०२२ का निवर्तमान अध्यक्ष जेसी नवराज लामाज्युले स्वागत मन्तव्य राख्नु भएको थियो भने वर्ष २०२२ का बोर्ड्को प्रतिनिधित्व गर्दै कोषाध्यक्ष जेसी विक्रम गोपालीज्युले शुभकामना मन्तव्य राख्नु भएको थियो भने पुर्व अध्यक्षज्युहरुको प्रतिनिधित्व गर्दै पालुङ जेसीज वर्ष २००६ का शाखा अध्यक्ष जेसी रामप्रसाद ढकालज्युले शुभकामना मन्तव्य राख्नु भएको थियो त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी संस्थापक अध्यक्ष जेसी पुरुषोत्तम ढकालज्यु र प्रमुख आतिथी तथा वर्ष २००८ का शाखा अध्यक्ष जेसी भरत गोपालीज्युले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो र अन्त्यमा २०७९को वैशाखमा भएको स्थानीय निर्वाचनमा थाहा नगरपालिकाको नगर उपप्रमुख पदमा निर्वाचित हुनुभएकोमा नेपाल जेसीजको आयोजना तथा गोर्खा जेसिजको अातिथ्यतामा सम्पन्न भएको क्षेत्र ख सम्मेलनमा सम्मान स्वरुप पालुङ जेसीज वर्ष २००८ का शाखा अध्यक्ष जेसी भरत गोपालीज्युलाई प्रदान गरिएको सम्मान पत्र अाजको कार्यक्रमको अवसरमा शाखा अध्यक्षज्यु मार्फत वितरण गरिए सँगै कार्यक्रमका सभाध्यक्ष तथा वर्ष २०२२ का शाखा अध्यक्ष जेसी जयराज खत्रीज्युको मन्तव्य सँगै कार्यक्रम समापन भएको थियो।

JCI News Archive