जेसीआई त्रिभुवननगर तालिम प्रतिष्ठानको आयोजनामा मिति २०७७ माघ १४ गते बुधबार जेसीआई त्रिभुवननगर र जेसीआई दाङ लेडीको सहभागितामा संयुक्त शाखा पदाधिकारी तालिम सम्पन्न भयो । जेसीआई त्रिभुवननगर बर्ष २०२१ का शाखाध्यक्ष जेसी मुकेश्वर शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा जेसीआई त्रिभुवनगरका पूर्व अध्यक्ष तथा जेसीआई नेपालका पूर्व महासचिव, कार्यकारिणी उपाध्यक्ष जेसी निशान्त आचार्य र प्रशिक्षकमा जेसीआई नेपालका निर्वतमान कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी रहनुभएको थियो । तालिम प्रतिष्ठानका अध्यक्ष जेसी पुष्पराज आचार्यको प्रारम्भिक प्रशिक्षणमा शुरु भएको कार्यक्रम जेसीआई त्रिभुवननगर र जेसीआई दाङलेडीका बोर्ड पादधिकारीहरुको सहभागिता रहेको थियो । तालिममा जेसीआई त्रिभुवननगरका एसडिजी कोर्डिनेटरले आस्थापाठ गराउनुभएको थियो भने स्वागत मन्तव्य जेसीआई दाङलेडी बर्ष २०२१की तालिम निर्देशक जेसी सिजन्धु रिजालले व्यक्त गर्नुभएको थियो । तालिम समापन समारोहमा प्रशिक्षार्थीहरुको तर्फबाट जेसी भ्यू पुन मगर, जेसी सुजन पौडेल, जेसीआई दाङ लेडीकी अध्यक्ष जेसी ममता विष्ट, जेसीआई त्रिभुुवननगरका सुपरीवेक्षण तथा मूल्याङ्कन निर्देशक जेसी ओविन्द्र बहादुर महरा, तालिम प्रतिष्ठानका अध्यक्ष जेसी पुष्पराज आचार्य, प्रमुख प्रशिक्षक जेसी निशान्त आचार्यले मन्तव्य राख्नुभएको थियो । जेसीआई त्रिभुवननगर बर्ष २०२१ का तालिम निर्देशक जेसी किरण गौतमले धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण बर्ष २०२१ का महासचिव जेसी टंक रावत –अनन्त)ले गर्नुभएको थियो ।