नवलपुर जेसीजको नवदुगा विेशेष धर्म,संस्कृति र दैनिक जिवन कार्यक्रम सम्पन्न

2022-10-09


कावासोती ३ स्थित राममन्दिरमा नवलपुर जेसीजको आयोजनामा नवदुर्गा विशेष धर्म संकृति र दैनिक जिवन विषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

 
घटस्थापनाको अघिल्लो दिन सरसफाई सहित सुरुवात भएको धार्मिक कार्यक्रम आज कोजाग्रत पुर्णिमाको समापनसँगैे विसर्जन र दैनिक जीवनमा धार्मिक महत्व विषयक कार्यक्रमको समापन गरिएको नवलपुर जेसीजका अध्यक्ष राधिका भुसालले जानकारी दिनुभयो ।

 
घटस्थापनाको दिन देखी सुरुभएको कार्यक्रम आज कोजाग्रत पूर्णीमको दिन पडिण्त पुषोत्तम सरनम लम्सालको धार्मिक प्रवचनसहित समापन गरिएको हो । पण्डित लम्सालले दैनिक जिवनमा धर्म,संस्कृतिपूजा पाठको महत्वकोे विषयमा प्रवचन राख्नुभएको थियो ।

 
कावासोती नगरपालिका वडा नं. ३ का वडाध्यक्ष डोरमान गिरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जेसीजका पदाधिकारी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी एवम् स्थानियवासीको सकृय सहभागिता रहेको थियो ।

 
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले जेसीजका युवाहरुले धार्मिक,आध्यामिक कार्यक्रमको आयोजना गरी युवा पुस्तामा धर्म,संकृतिप्रति उत्प्रेरण जागाउने प्रयास गरेकोमा यो प्रयास सराहनिय रहेको बताउदै भालिका दिनमा नगरभित्रका जनप्रतिनिधिलाई यस्ता कार्यक्रम सहभागी गराउन अनु्रोध गर्नुभयो ।

 
समापन कार्यक्रममा नवलपुर जेसीजका वर्ष २०१२ का अध्यक्ष नवराज सुवेदी,मन्दिर व्यवस्थापन समितिका सचिव भरत बाहादुर के.सी लगायतले मन्तव्य राख्नुभएको थियो ।
मन्दिरमा घटस्थापनादेखि बिभिन्न धार्मिक कार्यक्रम भएको थियो । नवदुर्गापूजा, भजनकिर्तन, फूलपाती भित्राउने, दैनिक साँझमा भजन किर्तनलगायत धार्मिक सास्कृतिक कार्यक्रमसंगै आज औपचारीक रुपमा भएका थिए ।


JCI News Archive