दिवा खाजा कार्यक्रम शुभारम्भ

2019-05-03

पर्वत जेसीजकाे अायाेजनामा अर्मादी अाधारभुत विधालयमा दिवा खाजा कार्यक्रम शुभारम्भ गरिएकाे छ ।
कुश्मा नगरपालिकाकाे प्रत्येक वडामा पर्वत जेसीजले यस बर्ष विविध कार्यक्रम सञ्चालन गर्ने वार्षिक कार्ययाेजना अन्तर्गत यहि बैशाख २० गते कुश्मा नगरपालिकाकाे वडा नं.४ स्थित अर्मादी अाधारभुत विधालयमा अध्ययनरत विधार्थीहरूलाई शैक्षिक सत्र २०७६ का लागि दिवा खाजा कार्यक्रम शुभारम्भ गरिएकाे हाे ।
पर्वत जेसीजका पुर्व अध्यक्ष एबं नेपाल जेसीज फाउण्डेशनका काेषाध्यक्ष वसन्तकुमार कर्माचार्यकाे प्रमुख अातिथ्यतामा उक्त कार्यक्रम शुभारम्भ गरिएकाे हाे । शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले दिवा खाजा कार्यक्रमकाे दिगाेपनका लागि सबैले हातेमालाे गर्नुपर्ने बताउनुभएकाे थियाे । यस्ता कार्यक्रम राज्यका कार्यक्रममा जाेड्न सकेमा अझै प्रभावकारी बन्ने बताउदै स्थानीय संघ/संस्थाकाे समन्वयमा अक्षयकाेष स्थापनामा सक्रिय बन्न अाग्रह गर्नुभएकाे थियाे ।
पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा पर्वत जेसीजका पुर्व अध्यक्ष बद्रीनारायण पाैडेल, विधालय ब्यवस्थापन समितिका अध्यक्ष हेमनाथ अाचार्य, प्रधानाध्यापक जगदिशराज शर्मा लगायतले दिवा खाजा कार्यले सकरात्मक सन्देश दिने बताउनुभएकाे थियाे ।
कार्यक्रम संयाेजक सुमन श्रेष्ठकाे स्वागत, सह-सचिव सुरेन्द्र पाैडेलकाे अास्थापाठ, महासचिव रामु शर्माकाे सञ्चालनमा सम्पन्न साे कार्यक्रमका लागि जेसीज सदस्यहरूले अाफ्नाे खर्च कटाैती गरि सहयाेग गरिएकाे थियाे । बाबा फाउण्डेशन नेपाल पाेखराले विधार्थीका लागि कपि र कलम उपलब्ध गराएकाे थियाे ।

JCI News Archive

Whoops, looks like something went wrong.