बिपन्न परिवारलाई खाधान्न सामग्री हस्तान्तरण कार्यक्रम

2022-02-26

बिपन्न परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रम
मिति:-25 Feb.2022
समय:- दिउसो १० बजे
स्थान:- बाणगङ्गा-५ कोपवा
विवरण :-
कपिलवस्तु जेसिजको बिपन्न परिवारलाई सहयोग कार्यक्रम फाल्गुन-१३
कपिलवस्तु जेसिजले बाणगङ्गा-५ कोपवा बस्ने अपाङ्ग भएका घिराउ थारू र न्यून आर्थिक अवस्था भएका थौली थारु, गुडिया थारु र फुल कुमारी बिश्वकर्माको परिवारलाई लत्ताकपडा खाद्यान्न सामाग्री दाल, चामल, नुन, तेल,सिरक,डसना लगायतका सामाग्री उनिहरुको निवास कोपवामा गएर हस्तान्तरण गरेको छ। कार्यक्रममा कपिलवस्तु जेसिज बर्ष-२०२२ का अध्यक्ष गुरुदेव पौडेल,प्रमुख अतिथि तरुण दल जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी,वडा अध्यक्ष गणेश छेत्री,जिल्ला समन्वय समिती उपप्रमुख तारावती चौधरी,ज्ञानु कार्की, जेसि दिनेश छेत्री कपिलवस्तु जेसिज बर्ष-२०२२ का महासचिव चन्द्रकान्त पोख्रेल जेसि मधुसुधन भुषाल लगायतको उपस्थितिमा उक्त परिवारलाई सामाग्री हस्तान्तरण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि शक्ति सिंह ठकुरी, वडा अध्यक्ष गणेश छेत्री,जिल्ला समन्वय उपप्रमुख तारावती चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रमको संचालन सहजीकरण कपिलवस्तु जेसिजका महासचिव जेसि चन्द्रकान्त पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रम कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेलज्युको अध्यक्षतामा सम्पन्न भएको छ।करिब ४० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथी शक्ति सिंह ठकुरिले सधैं झै कपिलवस्तु जेसिजले बिपन्न परिवारलाई मलम लगाउने र उनिहरुको सुखदुःखमा सारथि बनेको बताउदै समाजमा नेतृत्व गर्नेले हरेक बर्ग जातिको समस्या बुझेर सहयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो उहाले ती परिवारलाई सबैले साथ र सहयोग गरेमा अरु परिवार सरह उनिहरुको जिवनयापनमा सहज हुने हुनाले सबैले आफ्नो आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने बताउनु भयो। तेस्तै जिल्ला समन्वय समिती उपप्रमुख तारावती चौधरी ज्युले समाजमा रहेका हरेक ब्यक्तिहरु कोहि पनि बिपन्नता बाट गुज्रिन नपरोस् भनि जेसिजले गरेको कामको खुलेर प्रशंसा गर्नुभएको थियो। कार्यक्रममा कपिलवस्तु जेसिजका अध्यक्ष गुरुदेव पौडेलले सहयोगि सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।

JCI News Archive