तालिम सप्ताह समापन तथा लोम अफिसर टेनिङ

2020-12-09

तालिम सप्ताह समापन तथा लोम अफिसर टेनिङ
कार्यक्रमको उदेश्यः बेलबारी जेसीजका पदाधिकारीहरुलाई आफ्नो पदीय दायित्वको बारेमा जानकारी गराउनु ।
आवश्यकताः बेलबारी जेसीजमा अधिकांश पदाधिकारीहरु नयाँ भएकाले जेसीजे र सम्बन्धित पदाधिकारीको दायित्व, कतव्र्य र अधिकारको बारेमा सिकाउनु अपरिहार्य रहेको थियो ।
मितिः २०७६ माघ १५ गते बुधबार
स्थानः शिक्षा सन्देश ई. स्कुल, बेलबारी–२
समयः बेलुकाको ३ः०० बजेदेखि ७ः०० बजेसम्म
उपस्थित सङ्ख्याः ७० जनाभन्दा बढी
सहभागिहरुकोे स्तरबेलबारी जेसीजका पदाधिकारी, संयोजक तथा नयाँ सदस्यहरु
प्रमुख अतिथि तथा मुख्य सहजकर्ता ः नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा दमक जेसीजका पूर्व शाखा अध्यक्ष सिनेटर प्रकाश प्रसाख अधिकारी
कार्यक्रमको उपलब्धि तथा निष्कर्षः
क.बेलबारी जेसीजका अधिकांश सदस्य तथा पदाधिकारीहरुलाई जेसीज र दायित्वबारेमा प्रष्ट जानकारी भएको ।
ख.उत्साहजनक सहभागिता
ग.नेपाल जेसीजको विशेष प्राथमिक व्यक्तिगत अवसरका क्षेत्रभित्र रहेर कार्यक्रम सञ्चालन गरिएको
ङ् विदेश जान तयार भएका विद्यार्थीहरुले विदेशको चुनौती र अवसरका बारेमा मार्गप्रशस्त भएकाले बेलबारी जेसीजलाई धन्यवाद दिएको

कार्यक्रमको संक्षिप्त विवरणः
बेलबारी जसीज वर्ष २०२० को तालिम सप्ताह अनतर्गत सातौ वा अन्तिम दिनको तालिम ूीइः इााष्अष्भच त्चबष्लष्लन ू तालिम मिति २०७६ साल माघ १५ गते बुधबार बेलुकी ३ः०० बजदेखिे शिक्षा सन्देश ई. स्कूलको सभाहलमा सम्पन्न भएको थियो ।
      उद्घाटन शत्र र तालिम शत्र गरी २ खण्डमा बिभक्त उक्त कार्यक्रमको उद्घाटन शत्र बेलबारी जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजेश खत्रीको अध्यक्षता तथा ब नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा दमक जेसीजका पूर्व शाखा अध्यक्ष सिनेटर प्रकाश प्रसाख अधिकारीको प्रमुख आतिथ्यता तथा सहजकर्तामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बेलबारी जेसीज आवद्ध पदाधिकारीहरु त्था सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
    कार्यक्रम बेलबारी जेसिजका वर्ष २०२० का उपाध्यक्ष जेसी सन्तोष भट्टराई को संयोजकत्वमा तथा बेलबारी जेसीजका कार्यकारिणी उपाध्यक्ष ऐश्वर्य प्रसाद आचार्य (बिपिन) को मुल संयोजकत्वमा सम्पन्न भएको थियो । पहिलो शत्रको औपचारिक कार्यक्रमको सञ्चालन बेलबारी जेसीजका खेलकुद संयोजक जेसी पुष्कल सुवेदी (सिओम)ले गर्नुभएको थियो । तत्पश्चात दोस्रो खण्डको तालिम कार्यक्रम सुरु भएको थियो । उक्त तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा दमक जेसीजका पूर्व शाखा अध्यक्ष सिनेटर प्रकाश प्रसाख अधिकारीले गर्नभएको थियो तालिममा जेसीज सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।



JCI News Archive

Whoops, looks like something went wrong.