जेसी आई दाङ लेडीको आयोजनामा २०७७ फागुन ८ गते शनिबार का दिन अटो/ टेम्पो चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। दाङ लेडीका अध्यक्ष जेसी ममता बिष्ट डाँगी को अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय का प्रमुख थम्मन जि.सी.को प्रमुख आतिथ्यतामा , दाङ लेडीका पुर्व अध्यक्षहरु जेसी निरजा पोखरेल र जेसी डोमा पाण्डे अतिथि रहनुभएको थियो। जेसी सुमिता सिंह बस्नेतले आस्था पाठ, स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी दिलु मल्ल, धन्यबाद मन्तव्य कार्यकारिणी उपाध्यक्ष जेसी संगिता गिरी र कार्यक्रम सहजिकरण महासचिव सुनिता थापा ले गर्नुभएको थियो। जसमा ६० जना अटो चालकहरुको उपस्थिती रहेको थियो।