कपिलवस्तु जेसिजद्धारा विश्व वातावरण दिवशको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न

2021-06-05

आज जुन-५ विश्व वातावरण दिवस ,दिगो विकास लक्ष्य(एसडीजी) लक्ष्य नं १३. अन्तर्गत संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा विश्व वातावरण दिवसको अवसर मा एक रुख मेरो उत्तरदायित्व भन्ने भावनाले उत्प्रेरित रही  कपिलवस्तु जेसिजले श्री सिद्धार्थ माध्यमिक बिधालय बुन्ची कपिलवस्तुको प्राङ्गणमा बृक्षरोपण गरि मनाइएको छ। सो अबसरमा विभिन्न ७ प्रजातिका बिरुवाहरु रोपिएको थियो। बृक्षरोपण कार्यक्रममा कपिलवस्तु जेसिजका पुर्व  अध्यक्ष  सुन्दर पाण्डे , निवर्तमान अध्यक्ष मनोज कुमार खत्री बिधालयका अध्यक्ष प्रेमबहादुर राना प्र अ अनिरुद्र पौडेल, कपिलवस्तु जेसिजका अभियानकर्ता प्रदीप पौडेल, राजेन्द्र अर्याल ,सुशील खत्री ,गुरुदेव पौडेल प्रविन पौडेल , सुनिल पाण्डे  तथा बिधालय ब्यबस्थापन समितीका सदस्यहरुको उपस्थिति रहेको थियो। कपिलवस्तु जेसिजका अध्यक्ष भिमकान्त भट्टराई ले बिरुवा रोपेर मात्र हाम्रो दायित्व पूरा नहुने भन्दै बिधालयलाई बिरुवा संरक्षण गर्न आग्रह गर्नुभएको थियो। बिधालयका अध्यक्षले रोपेका बिरुवा संरक्षण गरिने प्रतिबद्धता जनाउनु भएको कपिलवस्तु जेसिजका महासचिव अमृत घिमिरेले जानकारी दिनुभयो। कार्यक्रम को संयोजन कानुनि सल्लाहकार चन्द्रकान्त पोख्रेल (CK) ले गर्नुभएको थियो।

JCI News Archive