चन्द्रनिगाहपुर सिटी जेसीजको जेसीज सप्ताह २०२३ मा आज पाचौं कार्यक्रम जेसीज मैत्रीपुर्ण फुटबल प्रतियोगिता

2023-09-09

२०८० भाद्र २१ गते

चन्द्रनिगाहपुर सिटी जेसीजले आज चौथो दिन जेसीज सप्ताह अन्तर्गत जेसीज मैत्रीपुर्ण फुटबल प्रतियोगिता (पत्रकार vs व्यावसायि) संगै सप्ताहको पाचौं कार्यक्रम चन्द्रपुर ६ शेर बहादुर दर्लामी स्मृति खेल मैदान चन्द्रपुर ६ मा भब्य रुपमा सम्पन्न भएकोछ ।

जित आफ्नु पक्षमा पार्न सफल पत्रकार टिमलाई धेरै धेरै बधाई दिदै उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यापारी टिमलाई पनि शाखाका अध्यक्ष जेसी चिरञ्जीवी गौतमले बधाई दिनु भयो भने सहभागी दुबै टिमलाई सहभागिताको प्रमाणपत्र  समेत  प्रदान गर्नु भएको छ ।

  कार्यक्रमका सहभागी दुबै टिम, खेलमा हौसला प्रदान गर्ने, जिल्ला फुटबल संघ, मेडिकल टिम पठाएर सहयोग गर्ने चन्द्रपुर हस्पिटल, खेल हेर्ने दर्शक, जेसीजका पुर्व अध्यक्ष ज्युहरुलाई समेत धन्यवाद प्रकट गर्दै कार्यक्रम संयोजक जेसी जीवन कटुवाल ज्यु र मुल कार्यक्रम संयोजक जेसी कौशल चौहान ज्युको ब्यबस्थापनको उच्च प्रसंशा गर्नु भएको छ । कार्यक्रम  सफल बनाउन लाग्नु हुने सम्पुर्ण जेसीज तथा सम्पुर्ण खेल प्रेमी दर्शक साथीहरू प्रति अध्यक्ष ज्युले धन्यवाद दिनु भएको छ ।

JCI News Archive

Whoops, looks like something went wrong.