त्रिभुवननगर जेसीजले जेसीज सप्ताह–२०२५ को दोस्रो दिन लागू औषध दुर्व्यसन विरुद्ध उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको दोस्रो दिन आईतवार घोराही १७ गैरागाँउ स्थित निर्णय पुनर्स्थापना केन्द्र र बुद्ध ईन्टरनेशनल हस्पिटलसँग सहकार्यमा लागू औषध दुर्व्यसन विरुद्ध उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको हो । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्वर १७ का वडा अध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यतामा लागू औषध प्रयोगकर्ता ३५ बढीलाई लागू औषध दुर्व्यसन विरुद्ध उत्प्रेरणा गरिएको हो । कार्यक्रममा आध्यात्मिक वक्ता डा. भोलनाथ योगी र फिजिसियन डा. अभ्यास पोखरेलले सहभागीहरूलाई दुर्व्यसनको असर र समाधानका उपायबारे मार्गदर्शन गर्नुभएको थियो । कार्यक्रममा अतिथिका रूपमा दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, बुद्ध इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी निर्देशक बालाराम शर्मा, तथा निर्णय पुनर्स्थापना केन्द्रका उपाध्यक्ष विष्णु वलीको उपस्थिति रहेको थियो । श्यामकुमारी गिरीको जेसीज आस्थापाठ, गणेश वलीको जेसीज मिसन तथा भिजन प्रस्तुती र दोस्रो दिनको कार्यक्रम संयोजक किरण न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक बाबुराम पाण्डेयले सप्ताहका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो । जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक बाबुराम पाण्डेयले जानकारी दिनुभयो ।