२०८२-०२-३१गते शनिवार दाङ महिला जेसीजको आयोजनामा ‘जेसीज सप्ताह–२०२५’ कार्यक्रम विश्व रक्तदाता दिवसको अवसरमा आजबाट सुरु गरिएको छ । दाङ महिला जेसीजकी अध्यक्ष अनिता ढकालको अध्यक्षता एवं घोराही १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे को विशिष्ट आतिथ्यता र संविधानसभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यतमा भएको उद्घाटन समारोह तथा रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी देवकोटाले महिला जेसीजले समाजमा सामाजिक कार्यमा उल्लेखनीय भूमिका खेलेको बताउनु भयो ।
उहाँले युवाहरूको सशक्त संलग्नताले समाज रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
यस्तै, रक्तदानजस्तो मानव सेवामा सहभागी सबैलाई स्वागत गर्दै उद्घाटन तथा रक्तदान कार्यक्रमकी संयोजक पिया रोकाले समाजमा यस्ता कार्यले एकताको भावना बढाउने र जरुरतमन्दको जीवन बचाउन सहयोग पुग्ने बताउनुभयो।
सप्ताह कार्यक्रमको बारेमा जानकारी दिदै सप्ताह मुलसंयोजक लक्ष्मी घमालले सप्ताहभरि विविध सामाजिक कार्य, वातावरणीय सरोकार र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो ।
यस्तै, जेसिज आस्थापाठको अगुवाइ आराधना सिंह ठकुरीले गर्नु भएको थियो । जेसीजकी कोषाध्यक्ष अर्चना शर्माले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण भने महासचिव भिमा डिसीले गर्नुभएको थियो