भद्रपुर जेसीजबाट एक दिवसीय नेतृत्व विकास तालिम सम्पन्न

2024-03-26

भद्रपुर जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी टिकाराम पाण्डेको अध्यक्षतामा तथा भद्रपुर जेसीजका पुर्व अध्यक्ष तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलज्यूको प्रमुख आतिथ्यतामा तथा भद्रपुर नगरपालिका नगर उपप्रमुख राधा कार्की ज्यूको विशेष आथित्यतामा तथा सामि हेल्विटासका कार्यक्रम संयोजक रोहित विश्वकर्माको आथित्यतामा भद्रपुर जेसीजबाट एक दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको छ । नेपाल जेसीजबाट जेसी दिनेस बराइली ज्यूले प्रशिक्षण गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक भद्रपुर जेसीजका उपाध्यक्ष जेसी हेडम्वराज निरौला ज्यू रहनुभएको थियो उक्त कार्यक्रममा जेसीज आस्थाबाचन उपाध्यक्ष जेसी आदित्य दास ज्यूले गर्नुभएको थियो साथै कार्यक्रम संचालन भद्रपुर जेसीजका सचिव जेसी शेखर वुढाथोकी ज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा भद्रपुर नगरका एक देखी दस न‌‍‌ सम्मका वडामा बैदेशिक रोजगारीबाट फर्कीएका ३७ रिटनीहरुलाई नगर स्तरीय संजाल गठन पुर्व उक्त कार्यक्रम संचालन भएको थियो ।

JCI News Archive