मिति २०८०-११-१८ (२०२४-०३-०१)
भरतपुर
महानगरपालिकामा भएका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा
प्रबर्द्धन गर्ने, पर्यटकको संख्या र बसाई अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट
आर्थिक तथा सामाजिक उन्नयन गर्ने उद्देश्यले निजी क्षेत्रसँगको सहकार्यमा आयोजना हुन
लागेको भरतपुर महानगरपालिकाको बृहत अभियान “भरतपुर भ्रमण वर्ष २०२४” को सफलताको शुभकामना
गर्दै गीतानगर जेसीजले र्याली प्रदर्शन गरेको छ ।