लेखनाथ जेसीजको साइबर अपराध सम्बन्धी तालिम सम्पन्न

2024-02-23

 मिति २०८० माघ २५ गते तदनुसार 2024 February 8 का दिन लेखनाथ जेसीज, लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा तथा जनप्रकाश बहुमुखी क्याम्पस NEHEP Unit संयुक्त सहकार्यमा Cyber crime and Security Training कार्यक्रम जनप्रकाश बहुमुखी क्याम्पसमा करिब ९० जनाको उपस्थितिमा सम्पन्न  भएको छ। वडा नं २९ का वडाध्यक्ष श्री श्री  प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा समपन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, प्रहरी निरिक्षक याम नारायण अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। वरिष्ठ प्रहरी नायब निरिक्षक होतबहादुर रोक्का ज्युको प्रमुख प्रशिक्षणमा सम्पन्न कार्यक्रममा शशिस भट्टराई, स्मृती थापा लगायतले प्रशिक्ष्ण उत्कृष्ट रहेको बताउनुभयो। लेखनाथ जेसीज अध्यक्ष जेसी प्रकाश राई भाट, लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका अध्यक्ष कृष्ण अधिकारी तथा जनप्रकाश बहुमुखी क्याम्पस NEHEP युनिट संयोजक युवराज लामिछानेको संयुक्त सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक का. उपाध्यक्ष जेसी सुशील ढुंगानाले स्वागत मन्तव्य जु जेसी अध्यक्ष जु जेसी प्रान्जल पौडेलले आस्था पाठ तथा लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा उपाध्यक्ष गङगा खनालले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन लेखनाथ जेसीजका महासचिव जेसी मौसम बरालले गर्नुभएको थियो।

JCI News Archive