म्याग्दि जेसिज द्वारा आज असार २८ गते शनिबार बेनि नगरपालिका वडा नं.-६, तल्लो डम्मरा निलढुङा मा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
म्याग्दी जेसिज का शाखा अध्यक्ष जेसि बिनोद घर्ती को अध्यक्षता र प्रकरण निर्देशक जेसि विशाल खत्री को संयोजन रहेको कार्यक्रम मा म्याग्दी जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का राष्ट्रिय उपाध्यक्ष जेसि सन्दिप खत्री, म्याग्दी जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेष्ठ, म्याग्दी जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का राष्ट्रीय अध्यक्षिय सल्लाहकार जेसि बिरेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष जेसि बिनय श्रेष्ठ, निवर्तमान अध्यक्ष सिनेटर दिनेश बानियाँ, संचालक समिती का पदाधिकारी तथा सदस्यहरु, समाजसेवी एवं डम्मरा टोल सुधार समिती का अध्यक्ष लगायत पदाधिकारी तथा सदस्य हरु को उपस्थिती/सहभागीता रहेको थियो।
करिव १२० वटा बिरुवा हरु रोपिएको र रोपिएको ठाउँ आफ्नो घर बस्ती बाट नजिकै रहेको ले बिरुवा हरुको संरक्षण समेत गरिने शाखा अध्यक्ष जेसि बिनोद घर्ती र कार्यक्रम संयोजक तथा प्रकरण निर्देशक जेसि विशाल खत्री द्वारा जानकारी गराईएको थियो।