लागु औषध दुरुपयोग तथा ओसार पसार अन्तर्राष्ट्रिय दिवसको अवसरमा म्याग्दी जेसीजले सप्ताह व्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकारले तय गरेको राष्ट्रिय नाराहरु र अन्य विविध जानकारी मूलक कुराहरु राखेर वर्तमान अवस्थालाई ध्यानमा राख्दै सामाजिक सञ्जाल मार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो । नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय म्याग्दीको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । १९ जुनबाट सुरु भएको कार्यक्रम प्रत्येक दिन जनचेतनामूलक पोष्टरहरु निर्माण गरी साामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गरिएको थियो ।