जेसीआई पोखरा लेडी बर्ष २०२१ को नयाँ कार्यसमितिको पदस्थापन
2021-01-26
जेसीआई पोखरा लेडी बर्ष २०२१ को नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । कार्यक्रममा बर्ष २०२० का अध्यक्ष जेसी शोभा भुजेलज्यूले ले बर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा कँडेल (विनिता) लाई पद हस्तान्तरण गर्नुभएको थियो।
नेपाल जेसीजका बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरूनेश्वर खनालज्यू्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता बर्ष २०२० का जेसीआई पोखरा लेडीका अध्यक्ष जेसी शोभा भुजेलज्यूले गर्नभएको थियो । कार्यक्रममा नेपाल जेसिजका विभिन्न पदाधिकारीज्यूहरु नेपाल जेसिजको ४८ औँ राष्ट्रिय महाधिवेशनका महाधिवेशन निर्देशक तथा पोखरा जेसीजका पुर्व अध्यक्ष जेसीआई सिनेटर नारायण शर्मा, पोखरा लेडी जेसीजका पुर्व अध्यक्षहरू, विभिन्न छिमेकी शाखाका अध्यक्षज्यू, पदाधिकारीज्यूहरु, विभिन्न संघ संस्थाका पदाधिकारीज्यूहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष सिनेटर अरूणेश्वर खनालज्यूले जेसीजले नै एक असल नेतृत्व जन्माएर समाज परिवर्तन गर्न सफल बन्न सक्छ भन्दै तालिम र सीपले नै व्यक्तिको क्षमता अविवृद्धि गर्ने विश्वास रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा वक्ताहरुमा नेपाल जेसीजका राष्ट्रिय कानुनी सल्लाहकार जेसी गोकुल सापकोटा, चित्तवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रीलोचन कंडेल, पोखरा म.नंपा.का वडा नं. ४ का अध्यक्ष शंकर वास्तोला, मातृ शाखा पोखरा जेसीजका अध्यक्ष जेसी इर्. किरण केसी लगायतले शुभकामा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसै कार्यक्रमको अवसर पारी वर्ष २०२० को अस्मि सुस अवार्डद्वारा सम्मानीत महिला बालबालीका तथा मनो सामाजीक क्षेत्र योगदान पु¥याउनु भएको बिना कुमारी सिलवालज्यूले अस्मि सुसद्वारा सम्मान गरिएको थियो । भने बसन्त वरटरीमा प्रथम हुन सफल हुनुभएको जेसी सकुन्तला पौडेलज्यूलाई बसन्त अवार्डद्वारा सम्मान गरिएको थियो । उक्त कार्यक्रमको संयोजक जेसी रिना पौडेलज्यूले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो, जेसीज आस्था पाठ र मिसन भिजन जेसी लिलावती पनेरु (सरु)ले वाचन गर्नुभएको थियो । भने कार्यक्रम संचालन सचिव जेसी सुमित्रा कोइरालाज्यूले गर्नुभएको थियो ।