२०७७ वैशाख ५, दाङ । जेसीआई त्रिभुवननगर बर्ष २०२१ को जेसीज सप्ताहको पाँचौ दिनको कार्यक्रम जेसीआई त्रिभुवननगरको टिम ए का विरुद्ध द लोटस ट्रेनिङ सेन्टर र जेसीआई त्रिभुवननगर टिम बी का विरुद्ध नेपाल पत्रकार महासंघ दाङ शाखाका बीच मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ । जेसीआई त्रिभुवननगर बर्ष २०२१ का अध्यक्ष जेसी मुकेश्वर शर्माको अध्यक्षतामा नेपाल पत्रकार महासंघ दाङ शाखाकी उपाध्यक्ष वसुन्धरा गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा २०२१का कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताह मूल संयोजक जेसी कुल बहादुर वलीले सप्ताहका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम संयोजक जेसी कृष्णदेव थापा मगरको स्वागत मन्तव्यबाट शुरु भएो कार्यक्रममा जेसीआई त्रिभुवननगरलाई द लोटस ट्र्निङ सेन्टरले पराजित गरेको थियो भने अतिरिक्त समयमा सञ्चालित जेसीआई त्रिभुवननगर टिम बी का विरुद्ध नेपाल पत्रकार महासंघ दाङ शाखाको खेलमा जेसीआई त्रिभुवननगर टिम बी विजयी भएको थियो । खेल पश्चात सम्पन्न् औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष वसुन्धरा गौतमले युवाहरुको क्रियाशीलता र यो जोशलाई समृद्ध समाज निर्माणमा जेसीआई त्रिभुवननगरले खेलेको भूमिका उच्च रहेको बताउनु भयो । साथै नेपाल पत्रकार महासंघ सदैव जेसीआई त्रिभुवननगरका हरेक क्रियाकलापलाई होस्टेमा हैसे गर्न तयार रहेको वाचा समेत गर्नभुएको छ । मैत्रीपूर्ण खेलमा जेसीआई त्रिभुवननगरका पूर्व अध्यक्षहरु जेसी तीर्थ सन्तोषी, जेसीआई सिनेटर सुशील प्रकाश आचार्य, जेसी सनत कुमार श्रेष्ठ, जेसी दीपक श्रेष्ठ, जेसी विमल श्रेष्ठ, जेसी वसन्तराज अधिकारी लगायत बोर्ड तथा साधारण सदस्यहरुको सहभागिता रहेको थियो । घोराही स्थित टीमार्ट, क्रियटिभ प्रिन्टिङ गार्मेन्ट, जेसी दिनेशराज श्रेष्ठ, राजकुमार बस्नेतलगायतको आर्थिक एवं सामग्री सहयोग उपलब्ध गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण बर्ष २०२१ का महासचिव जेसी टंक रावत (अनन्त)ले गर्नुभएको थियो ।