FRIDAY ORATARY-III

2019-03-31

सकारात्मक प्रभावका लागि एकता विषयमा प्रवचनमाला

जेसीआई पोखराको तेश्रोे शुक्रबासरीय प्रवचनमाला फाल्गुन १५ गते तदानुसार मार्च २९, २०१९ का दिन सम्पन्न भयो । ईश्वरमा आस्था, विश्व बन्धुत्व, स्वतन्त्रता र सार्वभौमिकता, विधिको शासन, व्यक्तित्व विकास र मानवताको सेवा जस्ता सिद्धान्तले उत्पे्ररित युवाहरुको संस्था हो, जेसीआई पोखरा । युवाहरुको व्यक्तित्व एवं नेतृत्व क्षमतामा निखार ल्याउन तथा सकारात्मक परिवर्तनमा जेसीआई पोखराले गतिशिल भूमिका निर्वाह गर्दै आइरहेको छ । यसै अभियानको निरन्तरता स्वरुप जेसीआई पोखरा सन् २०१९ को अध्यक्षीय प्रकरण पनि रहेको उक्त विषयमा जेसीआई पोखराका चार जना वक्ताहरुले आफ्नो वक्तित्वकला प्रस्तुत गरेका थिए । वक्ताहरुमा सन् २०१९ का सह कोषाध्यक्ष जेसी रविन पौडल, अक्ष्स्थाई सदस्यहरु श्री मनुराज बराल, श्री विष्णु प्रसाद बास्तोला र श्री नारायण प्रसाद बास्तोला हुनुहन्थ्यो । सकारात्मक प्रभावका लागि एकता विषयमा आफ्ना विचारहरु प्रस्तुत गरे पश्चात जेसीआई पोखराका अन्य उपस्थित सदस्यहरुले वक्ताहरुको प्रशंसा गर्दै उत्कृष्ट वक्ता बन्नको लागि सकारात्मक सल्लाह सुझावहरु प्रदान गरेका थिए । सन् १९८४ बाट जेसीआई पोखराका सदस्यहरुको वोल्ने कलामा विकासको लागि प्रवचनमाला निरन्तर रुपमा आयोजना गरिदैं आएको छ । हाल सम्म जेसीआई पोखरा जेसीजका सदस्यहरुले उक्त कार्यक्रमबाट आफूलाई परिस्कृत गर्दै जेसीआई नेपालको क्षेत्रीय र राष्ट्रिय सम्मेलनहरुमा विजेता वन्न सफल भएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि जेसीआई पोखरा सन् २०१५ का अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक श्री छवि सुवेदी हुनुहुन्थ्यो । उहाँले वक्ताहरु सबै जनालाई बधाई तथा शुभकामना दिदैं आफूले पनि जेसीआई पोखराको सदस्य बने पश्चात वोल्ने कलामा विकास भएको कुरा सेयर गर्नुभयो । आजको युगमा हरेक व्यक्ति सफल हुन चाहन्छन् र यसको लागि कुरा गर्ने र आफ्नो विचारहरु प्रष्टसँग राख्न सक्नु पहिलो आवश्यकता हो । जनसंवोधन अर्थात आफ्नो कुराको सहि अभिव्यक्ति दिन नसक्ने व्यक्ति नेतृत्वको गुणबाट वंचित हुन्छ र जसको नेतृत्वको कला हुँदैन उ सफल पनि हुँदैन । साथै उत्कष्ट वक्ता वन्नको लागि सल्लाह सुझाव दिंदै अध्ययनशिल हुनुपर्ने, विषयवस्तुको ज्ञान, मौलिकता हुनुका साथै हाउभाउ पनि मिलाउनु पर्ने कुरा राख्नुभयो ।
हरेक व्यक्तिमा सफल वक्ता बन्ने गुण पहिल्यै देखी हुन्छ, तर त्यसलाई माझ्नु जरुरी छ । आफ्ना कमि कमजोरीहरुलाई सुधारेर मानिसहरुको माझमा प्रस्तुत हुन सक्छौं । जेसीआई पोखराले हरेक महिनाको एक शुक्रवार प्रवचनमालाको आयोजना गर्दै आइरहेको छ । जेसीआई पोखरा सन् २०१९ का अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जेसीआई आस्थापाठ जेसी सुशान्त पराजुली र स्वागत मन्तव्य जेसी सुमन पहारीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शुक्रवासरीय प्रवचनमाला कायक्रमका संयोजक जेसी सुरेन्द्र वास्तोलाले गर्नुभएको थियो । डिलाइट रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिले वक्ता सबैजनालाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने प्रमुख अतिथिलाई जेसी सन्तोष शाहीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।


JCI News Archive