लहान, २०८२ बैशाख १३
मिति २०८२ बैशाख १३ गते तद्
अनुसार २६ अप्रिल २०२५ शनिवारका दिन सिरहा
जिल्ला, लहान नगरपालिका वडा नं. ७ स्थित मारवाडी सेवा सदनमा लहान सिटी जेसीज
वर्ष २०२५ का अध्यक्ष जेसी देवन लाल ठाकुरज्यूको अध्यक्षता, लहान न.पा. वडा
नं. ७ का वडा अध्यक्ष राम औतार शर्माज्यूको प्रमुख आतिथ्यतामा लहान सिटी जेसीजको
आयोजनामा १ दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । कार्यक्रमको शुरुवाती
चरण औपचारिक रुपमा आसन ग्रहण, आस्था पाठ, स्वागत मन्तव्य,
शुभकामना
मन्तव्य सहित संचालन भएको थियो ।
आयोजित एक दिने शिविरबाट १५० जना लाभाञ्चित भएका थिए । एउटै शिविरबाट
हरेक किसिमका रोग र बिरामीको चेक जाच हुने भएपछि उल्लेखनीय संख्यामा चेक जाचका
लागि स्थानीयको सहभागिता रहेको थियो । ख्याति प्राप्त डाक्टरहरूको सहभागिता रहेको
उक्त शिविरमा चेक जाँच गराइ निःशुल्क औषधी समेत प्राप्त गरेका थिए । कार्यक्रममा
लहानका अग्रज व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा बि एंड बि अर्थो ट्रमा क्लिनिकका संचालक वरिष्ठ हाडजोर्नी
तथा नशा रोग विशेषज्ञ डा. बिनोद कुमार सिंह, मिथिला डेन्टलका संचालक वरिष्ठ डेन्टल सर्जन डा.
पंकज साह, लहान अस्पतालका बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मनोज चौधरी, बरिष्ठ
सर्जन डा. शैलेन्द्र शाह, वरिष्ठ बाल रोग विशेषज्ञ डा. अभयचन्द्र यादव, जानकी
मेडिकल शिक्षण अस्पतालका जेनरल फिजिसियन डा. बैधनाथ कुमार यादव, भगवानपुर प्राथमिक
स्वास्थ्य केन्द्रका जेनरल फिजिसियन डा. हिरालाल कामति, भी.एम. पोली क्लिनिकका डा.
राखी शाह लगायतका मेडिकल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा
भब्याताका साथ एक दिने शिविर सम्पन्न भएको थियो ।
लहान नगरपालिका वडा न ७ को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको सहयोगी
संस्थाका रुपमा रहेका क्रमशः बि एंड बि अर्थो ट्रमा क्लिनिक लहान १, मिथिला
डेन्टल लहान ३, भी.एम. पोली
क्लिनिक लहान १, NMSRA Unit Siraha रहेको थियो ।