ट्यालेन्ट हन्ट

2025-08-31
  • जेसीआई सिद्धार्थ,नेपालको संयोजनमा लुम्बिनी लाभाजले ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न गरेको छ। टिमकी मार्की खेलाडीमा अरुणा शाही छन् भने अन्य खेलाडीमा कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, जेनिसा विश्वकर्मा, रोमा महतो, अनुसा चौधरी, रिक्जना माझी र जानुका केसी रहेका छन् ।
लुम्बिनी लाभाजले गर्‍यो ट्रफी र खेलाडी सार्वजनिक

What you should know :

  • लुम्बिनी लाभाज टिमले भैरहवामा ट्रफी सार्वजनिक गरेको छ।
  • टिमका प्रमुख प्रशिक्षक भरत यादवले जानकी केसीलाई ५० हजार रुपैयाँमा छनौट गरिएको जानकारी दिए।
  • लुम्बिनी लाभाजले महिला भलिबलमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

भैरहवा —वात्सल्य एभरेस्ट वुमन्स भलिबल लिगअन्तर्गत लुम्बिनी लाभाज टिमले सोमबार रुपन्देहीको भैरहवामा ट्रफी सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुने लिगमा लुम्बिनीबाट सहभागी हुने खेलाडीबारे पनि जानकारी गराइएको छ ।

Advertisement

लुम्बिनी लाभाजका प्रमुख प्रशिक्षक भरत यादवले सोमबार बिहान आयोजित ट्यालेन्ट हन्टबाट रुपन्देहीकी जानकी केसीलाई छनौट गरिएको जानकारी दिए । सीप, खेल कौशल र उमेर समूह मेल खाँदा केसीलाई छनौट गरिएको जनाए । केसीलाई ५० हजार रुपैयाँमा टिममा आवद्ध गरिएको हो । नेपाल भलिबल संघले खेललाई उचाइ प्रदान गर्न दोस्रो चरणको लिग हुन गइरहेको जनाए । टिममा ९ जना नेपाली र तीन जना विदेशी खेलाडी रहेका जानकारी दिए ।

Advertisement

लुम्बिनी लाभाजकी मार्की खेलाडी अरुणा शाहीले उपाधि जित्नेगरी खेलाडी छनौट गरिएको जानकारी दिइन् । अहिले ट्यालेन्ट हन्टबाट छनौट हुन असफल खेलाडीलाई आगामी दिनमा अवसर प्रदान गरिने बताइन् । 'त्यस अनुसार मेहनत गर्नु होला,' उनले भनिन्, 'आज अनावरण गरिएको ट्रफी लुम्बिनीमा ल्याउने गरी खेल्नेछौँ ।' लुम्बिनी लाभाजसित जोडिन पाउँदा हर्षित रहेको टिम कप्तान रहेकी शाहीले बताइन् ।

JCI News Archive

Whoops, looks like something went wrong.