‘AWARENESS TRAINING ON THE RISKS & PRECAUTIONS OF USING MOBILE PHONES AMONG CHILDREN’

2025-06-12


मिति २०८२ साल जेष्ठ २८ गते बुधबारका दिन दमक जेसीजको आयोजना तथा दमक नगरपालिका वडा नं ८ को सहकार्यमा ‘AWARENESS TRAINING ON THE RISKS & PRECAUTIONS OF USING MOBILE PHONES AMONG CHILDREN’ अर्थात बालबालिकामा मोबाइल फोन प्रयोग गर्दा हुने जोखिम र सावधानीहरू बिषयक जनचेतनामूलक तालिम

 कार्यक्रम दमक-८ स्थित जनता आधारभूत बिद्यालयको सभा हलमा दमक नगरपालिका वडा नं ८ का कार्यबाहक वडाध्यक्ष आदरणीय खेम बहादुर श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशिष्ट अतिथि  जनता आधारभूत बिद्यालय दमकका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा दमक जेसीजका पूर्ब अध्यक्ष आदरणीय भीमराज चम्लगाईज्यू, अतिथिहरू जनता आधारभूत बिद्यालयका प्रधानाध्यापक आदरणीय केदार सुबेदीज्यू तथा सहायक प्रधानाध्यापक आदरणीय बाबुराम अधिकारीज्यू, दमक जेसीजका पूर्ब अध्यक्षहरू जेसी नरेन्द्र बरालज्यू र जेसी दिलीप श्रेष्ठज्यू, सिनेटर मैना दाहालज्यू  लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल जेसीजबाट MTOT graduate तथा TOF, National Parenting Education आदरणीय माधब मनि खनालज्यूले जनता आधारभूत बिद्यालय दमकमा अध्ययनरत कक्षा ६,७ र ८ का ७० जनाभन्दा बढी  बिद्यार्थीहरूलाई बालबालिकामा मोबाइल फोन प्रयोग गर्दा हुने जोखिम र सावधानीहरू बिषयमा प्रशिक्षण गराउनुभएको थियो। कार्यक्रम दमक जेसीजका तालिम निर्देशक जेसी कृष्ण भट्टराईको संयोजकत्वमा भएको थियो भने जनसम्पर्क अधिकारी जेसी बिशाल अधिकारीले जेसीज आस्था बाचन गर्नुभएको तालिम कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।

   


  

Sign and Stamp of LOM:                                                                                  Jc Rajendra Bimali    

                                                                                                          Secretary General, JCI Damak 2025


JCI News Archive