भरतपुर, १९ असार ।
नारायणगढ लेडी जेसीजले २७औँ स्थापना दिवसका अवसरमा जेसीज सप्ताह कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरू गरिरहेको छ । यसैक्रममासप्ताहको ५औँ दिन भोजन कार्यक्रम गरेको छ । लेडी जेसीज वर्ष २०२३ कि शाखा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठको अध्यक्षता, भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्पण पोखरेलको प्रमुख आतिथ्यता एवं आदर्श गृह नेपालकी अध्यक्ष मीना खरेल र नारायणगढ लेडी जेसीजकी धरोहर पूर्वअध्यक्ष निरु कार्कीको विशेष उपस्थितिमा भरतपुर- ४ स्थित आदर्श गृह नेपालमा आस्रित बालबालिकालाई भोजन गराइएको हो ।
उक्त कार्यक्रमको लागि नारायणगढ लेडी जेसीजकि पूर्व अध्यक्ष गीता श्रेष्ठले भोजनसेवा स्वरुप नगद १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएकी थिइन् ।
कार्यक्रम संयोजक जेसी गंगा कुँवर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा आस्था पाठको अगुवाइ कार्यकारिणी उपाध्यक्ष जेसी अस्मिता तिमिल्सिनाले गरेकी थिइन् । कार्यक्रमको मुल संयोजक जेसी गौरी गुरुङले कार्यक्रमलाई सहजीकरण गरेकी थिइन् ।