देवचुली जेसीजको आयोजनामा देवचुलीमा सरसफाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
देवचुली जेसीजका अध्यक्ष जेसी निलकण्ठ पोखरेलको अध्यक्षतामा तथा वडा नं. ३ का वडा अध्यक्षज्यूको प्रमुख आतिथ्यतामा विजयादशमी तथा शुभदिपावलीको अवसरमा दुम्कौली अस्पतालमा सरसफाई कार्यक्रम 2078/06/24 मा सम्पन्न भएको छ ।
सरसफाई कार्यक्रमसँगै शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन्न गरिएको छ । सो अवसरमा अस्पताललाई विभिन्न सरसफाईका सामाग्री पनि हस्तान्तरण गरिएको छ । सो कार्यक्रममा वडा अध्यक्ष लगायत अस्पताल कर्मचारी र शशस्त्र प्रहरिको पनि सहभागीता रहेको थियो ।