पर्वत जेसीज वर्ष २०२५ पाँचौं बोर्ड बैठक सम्पन्न

2025-06-17

कुश्मा, पर्वत । असार २, २०८१ — पर्वत जेसीज वर्ष–२०२५ अन्तर्गत पाँचौं बोर्ड बैठक सोमबार साँझ ६ः३० बजे पर्वत जेसीजको सचिवालय कुश्मामा सम्पन्न भएको छ । बैठक अध्यक्ष जेसी अच्युत पौडेलको अध्यक्षतामा सञ्चालन भएको थियो । बैठकमा निम्न प्रस्तावित एजेन्डाहरूमा विस्तृत छलफल तथा निर्णय गरियो ः


१. पूर्व माइनट अनुमोदन सम्बन्धमा

२. कार्यक्रमहरूको समीक्षा सम्बन्धमा

३. 7A सfइड फुटबल प्रतियोगिता सम्बन्धमा

४. जेसिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धमा

५. ASPACअन्तराट्रिय सम्मान सम्बन्धमा

६. विविध विषयमा सदस्यहरूको सुझाव र विचार आदानप्रदान

७. खुला समय अन्तर्गत सुझावहरूको संकलन

८. समापन

बैठकमा अध्यक्ष जेसी अच्युत पौडेल, कानुनी सल्लाहकार जेसी अमृत प्रसाद पोखरेल, महासचिव जेसी प्रवेशराज पुरी, कार्यकारीणि उपाध्यक्षहरू जेसी मन्जु शर्मा, जेसी शर्मिला पौडेल, उपाध्यक्षहरू जेसी अर्जुन राज पुरी, जेसी पार्वती शर्मा, जेसी पवन श्रेष्ठ, जेसी सुजन पौडेल, शाखा सम्पादक जेसी एन्जल कर्माचार्य, निर्देशकहरू जेसी अजय पोखरेल, जेसी गौतम पौडेल लगायत अन्य पदाधिकारीहरूको समेत सक्रिय उपस्थिति रहेको थियो । बैठकमा आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने रणनीति तय गर्दै संगठनात्मक सशक्तिकरणतर्फ विशेष ध्यान केन्द्रित गरिने निर्णय गरिएको छ ।


JCI News Archive