दुलेगौँडा ।कोरोना भाइरस (कोभिड-१९) को संक्रमितहरुको उपचारका लागि अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव देखिएको छ। समयमा अक्सिजन नपाउँदा विरामीहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।अहिलेको विषम् परिस्थितिमा संक्रमितहरुको उपचारमा सहयोग होस् भन्ने हेतुले सोमबार शुक्लागण्डकी जेसीजले जि.पि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटालाई २५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । जेसीजका बर्ष २०२१ का अध्यक्ष कृष्णबहादुर श्रेष्ठले अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा अस्पतालका कार्यकारी प्रमुख डा.
श्रेष्ठले अहिले आफुहरु निकै कठिन अवस्थासंग जुधिरहेको बताए ।उनले कोरोनाको
दोस्रो लहर सोचेभन्दा धेरै भयावह भएकाले उपलब्ध श्रोत र साधनको उपयोग गरी
कोरोनासंग लडिरहेको भन्दै अस्पताललाई अक्सिजनको निकै खाँचो भएको बेलामा
जेसीजले अक्सिजन भरेर ठुलो सहयोग गरेकोमा आभार व्यक्त गरे । उनका अनुसार
हाल अस्पतालमा दैनिक १८ देखि २० वटा ठुलो अक्सिजन सिलिण्डर खपत हुदै आएको छ
।
उनले भने-"दैनिक १८ देखि २० वटासम्म अक्सिजन सिलिण्डर खपत हुन्छ,हामी दैनिक सिलिण्डर भर्न जानुपर्छ,यो महत्वपुर्ण समयमा अक्सिजन सिलिण्डर भरेर ठुलो कार्य र सहयोग गरिदिनुभएको छ,जेसीज परिवारप्रति आभारी छौँ ।अझै पनि सहयोगको अपेक्षा छ ।" अस्पतालको आइसोलेसनमा अहिले अक्सिजन दिनुपर्ने २४ जना कोरोनाका विरामीहरु रहेको श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा दिनानुदिन कोरोना संक्रमणका
विरामीहरु थपिरहेको र अक्सिजन प्लान्ट नहुदाँ विरामीको उपचारमा अक्सिजनको
अभाव देखिएकाले जेसीजको तर्फबाट २५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको
अध्यक्ष श्रेष्ठले बताए ।उनले अहिलेको प्रतिकुल समयमा सवैले एकअर्कालाई
सक्दो सहयोग गरी कोरोना विरुद्ध सामुहिक लडाँई लड्नु पर्ने बताउँदै
अस्पताललाई आवश्यकता अनुसार सक्दो सहयोग गर्दै जाने प्रतिवद्धता समेत जनाए
।
कार्यक्रममा जेसीजका पुर्वअध्यक्ष सुजन श्रेष्ठ ,प्रकरण निर्देशक शिव रेग्मी र सचिव अनिष ढकाल लगायतले बोलेका थिए । जेसीजले यसअघि पनि सामाजिक तथा स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यहरु संचालन गर्दै आएको छ ।