जनचेतना तथा दीप प्रज्वलन कार्यक्रम । धापासी जेसीज

2024-02-05

धापासी जेसीज वर्ष २०२४को पहिलो सामुदायिक कार्यक्रम अन्तर्गत विश्व क्यान्सर दिवस (फेब्रअरी ४, २०२४) को अवसरमा जेसी आशिष शर्माको संयोजकत्वमा "सामाजिक जनचेतना तथा दीप प्रज्वलन कार्यक्रम" सु-सम्पन्न गरियो । जेसी सुरज अधिकारी ज्यूले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो भने जेसीआई सिनेटर खेमराज अधिकारी ज्यू र जेसी मुना आधिकारी वास्तोला ज्यूको आतित्यता रहेको सो कार्यक्रममा सहभागीहरुले विभिन्न 'प्लेकार्ड' मार्फत क्यान्सर बारेमा जानकारी एवं यसबाट कसरी जोगिने जस्ता सन्देश आम-नागरीक माझ सम्प्रेषण गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले विश्व क्यान्सर दिवस, २०२४ को नारा "क्लोज द कियर ग्याप"लाई वास्तविकतामा उतार्न जोड दिदै सन् २०२२मा नेपालमा मात्रै अनुमानित २१ हजार ७६६ क्यान्सरका विरामी रहेको तथ्याङ्क प्रस्तुत गर्दै आफ्नो आहार, दैनिकी, निद्रा जस्ता सामान्य कुराहरुमा ख्याल गर्न सक्ने क्यान्सरका विरामी कम हुने कुरा प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा मन्तब्यको क्रम सकिएपछि जेसी मुना आधिकारी वास्तोला ज्यूले मैनबत्ती बालेर दीप प्रज्वलन गरेर सबैलाई क्यान्सर विरुद्दको यस अभियानमा सबैलाई जोडिन आग्रह गर्नुभएको थियो । दर्शक, स्ठानिय र पैदालयात्रुहरुलाई धापासी जेसीसका साथीहरुले क्यान्सर कस्तो खालको रोग हो?, यो कसरी लाग्छ?, यसका प्रकार, यसबाट बाँच्न अपनाउनु पर्ने सावधानी बारेमा बुझाउनु भएको थियो ।  कार्यक्रमको समापन जेसी सुरज आधिकारी ज्यूले गर्नुभएको थियो ।


JCI News Archive