आज मिति २०८० / ३ / १६ गते गते शनिवारको दिन दाङ महिला जेसिजका शाखा अध्यक्ष जेसि नारायणी भण्डारी ज्युको अध्यक्षतामा,प्रेस युनियनका लुम्बिनी प्रदेश संयोजक सुदिप गौतमज्यूको प्रमुख आतिथ्यता एवंम् प्रमुख प्रशिक्षकमा, दाङ महिला जेसिजको आयोजनामा "प्रतिवेदन लेखन तालिम"दाङ महिला जेसिज सचिवालयमा सम्पन्न गरियो।
उपाध्यक्ष जेसि विन्दु डाँगी पाण्डेले आस्था पाठ गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसि मिना भण्डारी वलीले राख्नुभएको थियो भने प्रमुख अतिथी ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
उक्त कार्यक्रममा दाङ महिला जेसिजका पूर्व अध्यक्ष जेसि निरजा पोख्रेलज्यू , दाङ महिला जेसिजका निवर्तमान अध्यक्ष जेसि शारदा घर्ती ज्यूले आफ्नो मनतव्य राख्नु भएको थियो ।
१७ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी बसन्ता भण्डारीले धन्यवाद मन्तव्य दिनुभएको थियो भने सहजीकरण महासचिव जेसी अर्चना शर्माले गर्नु भएको थियो।