मिति २०८२ साल जेठ ६ गते जेसीज सप्ताहन्त २०२५ को चौथो दिनको कार्यक्रम प्यानल अन्तरक्रिया तथा जेसीज सप्ताहन्त २०२५ समापन समारोह सम्पन्न भयो । पोखरा जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी भाईराज रानामगर ज्यु को अध्यक्षतामा सम्पन्न कार्यक्रममा "आर्थिक बिकास समवृद्धिको आधार, वर्तमान परिस्थिति सम्भावना र चुनौती" बिषयमा प्यानल अन्तरक्रिया भएको थियो ,प्यानल अन्तरक्रिया कार्यक्रमका ३ जना बक्ता रहनु भएको थियो बक्ताको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ ज्यु , त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पस, अर्थशास्त्र विभागका प्राध्यापक डा. लेखनाथ भट्टराई ज्यु र राष्ट्रिय योजना आयोग, नेपालका उपाध्यक्ष, डा. शिवराज अधिकारी ज्यु रहनुभएको थियो भने कार्यक्रममा सहजकर्ता सुजन रेग्मिज्यु सहजिकरण गर्नु भुएको थियो । कार्यक्रममा सम्पुर्ण लाई स्वागत मन्तब्य कार्यक्रम संयोजक जेसी सन्जय कुमार शर्मा ज्यु राख्नु भयो । करिब २ घन्टा सम्म अन्तरक्रिया चलेको थियो ।
https://www.playbook.com/s/sabinc/6Y2SfCt7QvAgcWC2DiJL9zCe?fbclid=IwY2xjawK-bYZleHRuA2FlbQIxMQBicmlkETFMSGM4bnV5a1R6YUVRMTcwAR5e_qLKkvNHSIcJs2ROHeu00Y0K0JgIPCM-Da7NVPEyr5TNDmVdk8n_k1cWxw_aem_ayQi_Layg3uG_3zl77S-GA
अन्तरक्रिया कार्यक्रम पछि जेसीज सप्ताहन्त २०२५ समापन समारोह सन्चालन भएको थियो , समापन समारोहमा जेसी किरण आचार्यले स्वागत मन्तब्य राखेका थिए । जेसीज सप्ताहन्त २०२५’ समापन समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री कृष्ण प्रसाद पाठक रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी ज्युले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गर्नुभएको थियो ।
समापन समारोहमा बिशेष अतिथि त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पस, अर्थशास्त्र विभागका प्राध्यापक डा. लेखनाथ भट्टराई रहनु भएको थियो । मुल संयोजक पोखरा जेसीज बर्ष २०२५ कार्यकारिणी उपाध्यक्ष जेसि कपिल पौडेलले जेसीज सप्ताहन्त २०२५ मा सम्पन्न भयका सम्पुर्ण कार्यक्रमहरु बारे जानकारि गराउदै पहिलो दिन माछापच्छ्रे गा.पा वडा न ६ मा निशुल्क आँखा शिबिर ,दोस्रो दिन पोखरा महानगरपालिका वडा न १७ मा निर्णय पुस्तिका लेखन तथा बित्तिय साक्षरता तालिम , तेस्रो दिन अन्नपुर्ण गा.पा सल्यान स्थित प्रगतिशिल मा.बि मा शैक्षिक सामाग्रि र पोशाक बितरण कार्यक्रम सम्पन्न गरि चौथो दिनको कार्यक्रम प्यानल अन्तरक्रिया तथा जेसीज सप्ताहन्त २०२५ समापन समारोह सफलता पुर्बक सम्पन्न भएकोमा सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै धन्यबाद मन्तब्य राख्नु भयो ।
कार्यक्रममा पोखरा उधोग बाणिज्य संघ ,चेम्बर अफ कमर्स पोखराका बस्तुगत ब्यबसायिक संस्था एबंम संगठनका अध्यक्ष र प्रतिनिधि ज्युहरु ,छिमेकि शाखा बाट आउनु भएका शाखा अध्यक्ष तथा कार्यसमिति सदस्य ज्युहरु, पोखरा जेसीजका आदरणिय पुर्ब अध्यक्ष ज्युहरु ,जेसीज सदस्यहरु,स्थानिय संघ संस्थाका अध्यक्ष र प्रतिनिधि ज्युहरु र पत्रकार ज्युहरुको भब्य उपस्थिति रहेको प्यानल अन्तरक्रिया तथा जेसीज सप्ताहन्त २०२५ समापन समारोह कार्यक्रमको सन्चालन पोखरा जेसीज बर्ष २०२५ का महासचिव जेसी रबिन पौडेलले गर्नु भयको थियो ।