राष्ट्रिय बाल दिवस २०७६

2019-10-01

सुनिस्चित बाल अधिकार, सम्ब्रिध नेपालको आधार भन्ने मूल नाराका साथ मिती २०७६ भाद्र २९ गते तदनुसार सेप्टेम्बर १५ तारिखका दिन राष्ट्रिय बाल दिबस प्रभातफेरी, पुरस्कार तथा छात्रब्रित्ती बितरण कार्यक्रम सहित जिल्लामा भब्य रूपमा काभ्रे जेसिजको सन्योजनमा सम्पन्न भयो । नेपाल बाल संगठनको आयोजना तथा काभ्रे जेसिजको मुख्य सन्योजनमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी जिल्ला समानवोये समितीका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारि, जिल्ला प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, बिभिन्न बिद्यालयका शिक्षक, विद्यार्थी, संघ संस्थाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा प्रभातफेरी कार्यक्रम सहित जिल्लाका अनाथ तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रब्रिती बितरण गरिएको थियो । कार्यक्रमको सभापतित्व नेपाल बाल संगठनका सभापति रामकुमार मुल्मिले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन काभ्रे जेसिजका अध्यक्ष जेसी बिजेश मुल्मीले गर्नुभएको थियो ।      

JCI News Archive

Whoops, looks like something went wrong.