पालुङ जेसीज द्वारा साईबर अपराध सम्बन्धि सचेतना कार्यक्रम

2024-02-22

कार्यक्रम  :-साईवर अपराध सम्वन्धी सचेतना कार्यक्रम

स्थान:-पालुङ बहुमुखी क्याम्पस ,थाहा-३

मिती:-२०८०-११-१०

समय:-बिहान ७:३०बजे

पालुङ जेसीज वर्ष २०२४ द्वारा पालुङ क्याम्पस थाहा ३ मा साईवर अपराध सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।हाल सामाजिक संजालकाे प्रयाेग बिधमान परिस्थितिलाई मध्य नजर गर्दै उक्त राखिएकाे थियाे । कार्यक्रममा पालुङ ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक श्याम थापामगर ज्यूले सहजिकरण गर्नुभएकाे उक्त तालिममा पालुङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र ज्यू प्रमुख अतिथि हुनुहुन्थाे।कार्यक्रम संयाेजक पालुङ जेसीज बर्ष २०२४ का लागि उपाध्यक्ष जेसी विराज थापा ज्यू तथा बर्ष २०२४का अध्यक्ष जेसी निरज रायमाझी ज्यूकाे सभाध्यक्ष रहेकाे थियाे ।कार्यक्रम सञ्चालन वर्ष २०२४ का महासचिव जेसी बिक्रम गाेपाली ज्यूले गर्नुभएकाे थियाे । कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसकाे ३०जना छात्रा तथा छात्र तथा प्राध्यापक ज्यूहरूकाे पनि उल्लेखनीय सहभागीता रहेकाे थियाे । यश कार्यक्रममा बर्ष २०२४का निवर्तमान अध्यक्ष जेसी संगम कार्की तथा पूर्व अध्यक्ष ज्यूहरू जेसी जयराम खत्री (अध्यक्ष -२०२२),जेसी नवराज लामा (अध्यक्ष -२०२१) तथा बर्ष २०२४का बाेर्डका जेसीज मनहरूकाे उल्लेखेनीय उपस्थिति थियाे ।

JCI News Archive