मिस पोखरा २०२४ को अडिसन सम्पन्न

2024-12-01

मिति २०८१ साल आश्विन ६ गते यानिकि २२ सेप्टेम्बर २०२४ मा मिस पोखरा २०२४ को लागि प्रथम चरणको अडिसन पोखरा १७ घारीपाटन स्थित आब्या क्लबमा सम्पन्न भएको छ।


युवा नारीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन र नेतृत्व बिकास गराउने उद्देश्यले पोखरा जेसीज द्वारा सन् १९९५ बाट सुभारम्भ भएको मिस पोखरा ११ औ सस्करण मिस पोखरा २०२४ को अडिसन इभेन्ट फर युको व्यवस्थापनामा सम्पन्न भएको हो। पोखरा जेसीज बर्ष २०१३ का अध्यक्ष सिनेटर बिष्णु बहादुर थापा, पोखरा जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी देबराज शर्मा, इभेन्ट फर यु का अध्यक्ष बिशाल गुरुङ, र मिस पोखरा २०१८ का उपविजेता सुजिता केसी को निर्णायक मण्डल द्वारा सो अडिसन सम्पन्न भयको हो। अडिसन बाट मिस पोखरा २०२४ का लागि १७ जना अन्तिम फाइनालिस्टको रुपमा छनौट गरि करिब १ महिनाको फरक फरक विधाका तालिमहरु प्रदान गरि अन्तिम प्रतियोगिता आगामी कार्तिक १० गते सम्पन्न हुने छ।

JCI News Archive

Whoops, looks like something went wrong.