काभ्रे जेसीज, काभ्रे लेडी जेसीज, बनेपा जुनियर जेसीजको संयुक्त पदहस्तान्तरण कार्यक्रम

2023-02-03

काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पदहस्तांन्तरण, पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान कार्यक्रम अरनिको पार्टी प्यालेस, बनेपामा काभ्रे जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी संजिव मानन्धरको सभापतित्व एवं काभ्रे जेसिजका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस बागमती प्रदेश क्षेत्र नंं. २ का सभा सदस्य कञ्चन चन्द्र बादेज्यूको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो । भने विशिष्ट अतिथि काभ्रे जेसिजका पूर्व अध्यक्ष एवं बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यज्यू तथा वर्ष २०२३ का राष्ट्रिय अध्यक्ष एवं काभ्रे जेसिजका पूर्व अध्यक्ष सिनेटर विकास मानन्धरज्यू लगायत विशेष अतिथि, बनेपा नगरपालिकाका उप प्रमुख बिमला सापकोताज्यू रहनु भएको थियो । सो कार्यक्रमको संचालन वर्ष २०२३ का महासचिव जेसी रिकेश सैंजूले गर्नुभएको थियो भने जेसीज आस्था पाठ वर्ष २०२३ की महासचिव जेसी सबिता बज्राचार्यले गर्नु भएको थियो । पदस्थापन कार्यक्रममा काभ्रे जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी संजिव मानन्धर, काभ्रे लेडी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सुमित्रा बादे श्रेष्ठ र बनेपा जुनियर जेसीज वर्ष २०२२ का अध्यक्ष जु.जेसी सृष्टि शाक्यबाट वर्ष २०२३ का क्रमशः काभ्रे जेसीजका अध्यक्ष जेसी सुमित मानन्धर, काभ्रे लेडी जेसीजका अध्यक्ष जेसी बुद्ध लक्ष्मी मानन्धर र बनेपा जुनियर जेसीजका अध्यक्ष जु.जेसी रोजा सिल्पकारलाई सपथ ग्रहण गराउनु भएको थियो । तत्पश्चात वर्ष २०२२ का अध्यक्षहरुको माला पूर्व अध्यक्षज्यूहरुले वर्ष २०२३ का अध्यक्षज्यूहरुलाई पहिराउनु भएको थियो । कार्यक्रममा नेपाल जेसीजका वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी राजाराम गौतम, जेसी बिरु भेगा तथा नेपाल जेसीज क्षेत्र ‘ग’ अन्तर्गत काभ्रे जेसिज, काभ्रे लेडी जेसिज तथा बनेपा जुनियर जेसिजका लागि निरुपित राष्ट्रिय का.का.उपाध्यक्ष जेसी कुमार सिं साँवाज्यू, निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सरोज अधिकारीज्यू, मातृशाखाका अध्यक्ष जेसी रफि भण्डारीज्यू लगायत विभिन्न संघ संस्थाका आदरणीय व्यक्तित्वहरुको, उपस्थितिमा पदस्थापन कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा काभ्रे लेडी जेसिजबाट निम्न व्यक्तिहरुलाई सम्मान र उत्कृष्टहरुलाई अवार्ड पनि वितरण गरिएको थियो । भने काभ्रे जेसिज र बनेपा जुनियर जेसिजबाट पनि सम्मान तथा उत्कृष्टहरुलाई अवार्ड वितरण गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न संघसंस्था तथा २०२२ र २०२३ शाखा अध्यक्ष बोर्डका पदाधिकारी एवं पूर्व राष्ट्रिय पदाधिकारी र काभ्रे जेसिज, काभ्रे लेडी जेसिज, तथा बनेपा जुनियर जेसिजका बोर्डका पदाधिकारी पूर्व अध्यक्षज्यूहरु गरी ३०० जना सहभागीता रहेको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वः

१) व्यक्तित्व तथा प्रतिभा सम्मान कार्यक्रम अन्तर्गः काभ्रे जिल्लाको बनेपा नगरीमा साहित्य, राजनीति, शैक्षिक, सामाजिक र इतिहास अन्वेषकको परिवारमा जन्म लिई पत्रकारिता, सामाजिक सेवाका साथै महिलाको नेतृत्व र व्यक्तित्व विकासमा अहोरात्र क्रियाशिल व्यक्तित्व काभ्रे लेडी जेसिजकी पूर्व अध्यक्ष श्री जेसी सृजना दुुवालज्यूलाई सम्मान गरिएको थियो ।

पुरस्कार विजेताहरुः
१) नानीमैया जोशी उत्कृष्ट लेडी जेसीज पुरस्कार–२०२२, . वर्ष २०२२ का.का. उपाध्यक्ष जेसी मनिका शाक्य
२) स्वःआत्माराम आचार्य (Best Active Participant Award) जेसीज पुरस्कार २०२२ . वर्ष २०२२ उपाध्यक्ष जेसी रसिला तामाङ
३) स्वःगोपाल भक्त राजवंशी (Most Best Program Co-Ordinator Award) लेडी जेसीज पुरस्कार २०२२ . वर्ष २०२२ उपाध्यक्ष जेसी समिता श्रेष्ठ
४) स्वःहरिकृष्ण वैद्य गंगा देवी वैद्य (Most Disciplined Award) लेडी जेसीज पुरस्कार २०२२ . वर्ष २०२२ का.का.उपाध्यक्ष रबिना सेवाचार्य

JCI News Archive