वैशाख ८ , अत्तरिया जेसिज वर्ष २०२० को आयोजनामा अत्तरियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न रक्तदान कार्यक्रमवाट २७ पिन्ट रगत संकलन गरिएको छ ।
कोरोना भाईरसका कारण देश संकटमा रहेको अबस्थामा सुदूरपश्चिममा रगतको अभाव नहोस भनेर उचित सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको अत्तरिया जेसिज वर्ष २०२० का अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए । उनले यो बिषम परिस्थितीमा जो कसैलाई पनि रगतको आवश्यकता पर्न सक्ने भएकाले यसैलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको बताए ।
रक्तदान कार्यक्रममा सहभागी सबैलाई उनले धन्यवाद दिए । लायन्स क्लब अफ अत्तरिया सिटी, पद्मा अस्पताल प्राली र अत्तरिया जुनीयर जेसीजको सहयोगमा आयोजना गरिएको कार्यक्रममा २७ जनाले स्वतस्फुर्त रुपमा रक्तदान गरेका हुन् । अत्तरिया जेसिजले समय समयमा बिभिन्न खालका सामाजिक कार्यहरु गर्दै आएको छ ।
जेसिजले यस अघि अत्तरियाका सुरक्षाकर्मीहरुलाई कोरोनावाट बच्नका लागि स्वास्थ्य सामाग्रीहरु बितरण गर्नुका साथै लकडाउनलाई पूर्ण पालना गराउन सडकमा खटिएकाहरुलाई खाजाको ब्यबस्था गरेको थियो ।