Mission Zero Hunger in Corona Terror

2020-04-13

धनगढी जेसीले कोरोना कहर बच्नन नेपाल सरकारले आव्हान गरेको लकडाउनले गर्दा दैनिक ज्याला मजदुरि खाने बिपन्न र असहाय परिवार लाई खाद्द्यान्न लगाएत अत्यावश्यक बस्तुहरु को सहजताको लागि धनगढी उप-महानरपलिका संगको समन्वय मा राह्त संकलन गरि स्थानिय सरकार लाइ हस्तान्तरण गरेको छ । JCI ले प्रत्यक्ष अंगालेको SDG अन्तर्गत को Zero Hunger लाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडमार्फत् १५० बोरा चामल, ३४ पेटी खाने तेल, २४ बोरा दाल, चिउरा २ बोरा, भुजा २ बोरा र सोयाबिन ५२ बोरा हस्तान्तरण गरिएको हो। धनगढी जेसिजका उपाध्यक्ष मनिष कुँवरले संयोजन गरेको यो अभियानमा धनगढी जेसिजका पूर्वसदस्य हाल अमेरिका निवासी रोहित भट्टले एक लाख १७ हजार रूपैयाँ र बाँकी जेसिजका कार्यसमिति, पूर्वअध्यक्ष लगायतको सहयोगमा करीब तीन लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको हो । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर साँझ-बिहानको छाक जोहो गर्ने समुदायका लागि केही सहज होस् भनेर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

JCI News Archive