नेपाल जेसीजका उपाध्यक्ष तथा देवचुली जेसीजका लागि निरुपित उपाध्यक्ष जेसी पायल शर्माबाट मिति २०७७ चैत ४ गते देवचुली जेसीजको शाखा भ्रमण भएको छ । शाखा भ्रमणका क्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका उध्यक्ष होमराज रानाभाट बिशेष अतिथिका रुपमा रहनु भएको थियो भने पूर्व अध्यक्ष लगायत बोर्डका पदाधिकारीहरुको गरिमामय उपस्थिती रहेको थियो । शाखाका गतिविधिका बारेमा अध्यक्ष जेसी निलकण्ठ पोखरेलले जानकारी गराउनु भयो भने शाखाका समस्या तथा भावी योजनाका बारेमा पूर्व अध्यक्ष जेसी बसन्त पोखरेलले जानकारी गराउनु भएको थियो । उपाध्यक्ष पायल शर्माले देवचुली शाखा मेरो माइतिघर भएकोले माया सदैव रहने कुराको जानकारी गराउनु भयो । वहालाई दिव्य मध्यवर्ती सामुदायिक बनमा जंगली सफारी गरायर यो संदेश नेपाल जेसीजभरी पुराउन अनुरोध गरिएको तियो ।