बलात्कार विरुद्धको अभियानमा हाम्रो ऐक्यवद्धता

2020-10-19

दाङ महिला जेसीजको आयोजनामा "बलात्कार बिरुद्धको अभियानमा हाम्रो ऐक्यवद्धता" कार्यक्रम दाङ महिला जेसीजको अध्यक्ष जेसी जिबा भुसाल ज्यूको अध्यक्षतामा एवं जेसी नोमिका चौधरी ज्यूको संयोजकत्वमा सम्पन्न गरियो। तुलसीपुर चोक बाट सुरुवात भएको मौन र्याली सहिद उमेशचन्द्र मार्ग हुँदै वि.पी. चोकमा कोणसभामा परिणत भएको थियो। उक्त कार्यक्रममा महिला रक्षक सञ्जालका केन्द्रीय सचिव श्री लक्ष्मी आचार्य ज्यू, नेपाल दलित मुक्ति अभियानको केन्द्रीय सदस्य निर्मला वि.क. ज्यू, दाङ महिला जेसिजका पुर्व अध्यक्ष जेसी सुसिला पौडेल ज्यू, जेसी संजीता गौतम ज्यू,जेसी डोमा पाण्डे ज्यू, उत्साह महिला समूहका अध्यक्ष श्री विन्दु दाहाल ज्यु, लेखक सङ्घका कोषाध्यक्ष श्री सन्ध्या रेग्मी ज्यू, विद्यार्थी भाइबहिनीहरु, सुरक्षाकर्मीहरु मिडियाकर्मीहरु लगायतका व्यक्तिहरूको सम्मानजनक उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा महिला रक्षक सञ्जालका केन्द्रीय सचिव श्री लक्ष्मी आचार्य ज्यू, नेपाल दलित मुक्ति अभियानको केन्द्रीय सदस्य श्री निर्मला वि.क. ज्यू, दाङ महिला जेसिसका पुर्व अध्यक्ष जेसी सुसिला पौडेल ज्यू, जेसी संजिता गौतम ज्यू, जेसी डोमा पाण्डे ज्यू, उत्साह महिला समूहका अध्यक्ष श्री विन्दु दाहाल ज्यू, लेखक सङ्घका कोषाध्यक्ष श्री सन्ध्या रेग्मी ज्यूले आफ्नो भनाईहरु राख्नुभएको थियो। उक्त कार्यक्रमको सहजीकरण दाङ महिला जेसिजका महासचिव जेसी संगीता गिरी ज्यूले गर्नु भएको थियो जसमा ३२ जना व्यक्तिहरूको सहभागिता रहेको थियो।

JCI News Archive

Whoops, looks like something went wrong.